राजनीति

विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग एकता गर्ने निर्णय गरेको छ ।

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा सम्पन्न स्थायी कमिटीको बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता अग्नि सापकोटाले एकताका वार्ता गर्न समिति बनाउने लगायतका विषयमा निर्णय गरेको जानकारी दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *