भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भैरहवा बसेको संसदीय दलको बैठक सकिएको छ । बैठकले रास्वपा सांसदहरूले समितिमा सशक्त भूमिका खेल्ने निर्णय गरेको छ ।
सांसद सविता गौतमका अनुसार अहिले छलफलमा रहेको विधेयकहरूमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता देखिएकाले रास्वपाका सांसदहरूले गहिरो अध्ययन गरी छलफल गर्ने निर्णय गरेको हो । बैठकले संसद्मा भिजिट भिसालाई लिएर रास्वपाले गरिरहेको आन्दोलन जारी राख्ने तथा निर्णय गरेको छ ।
उपनिर्वाचनको छेको पारेर रास्वपाले संसदीय दलको बैठक भैरहवामा बोलाएको थियो ।




