काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संसदको अवरोध खुलाउने विषयमा सत्ता पक्षसँग छलफल जारी रहेको बताएका छन् ।
परियारले रास्वपाले अगाडी सारेको पाँच बुँदे प्रस्ताव बारे सत्ता पक्षले आफ्नो धारणा बनाउने बारे छलफल गरिरहेको जानकारी दिएका हुन् । उनले छलफल सकारात्मक भएको प्रतिक्रिया दिदै रास्वपाको पाँच बुँदे प्रस्तावमा विपक्षी दल एक ठाउमा रहेको बताउदै भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन छलफल सकारात्मक भइरहेको बताए ।
यस अघि बुधबार बिहान संसद भवन नयाँ बानेश्वरमा बसेको विपक्षी दलहरुको बैठकले रास्वपाले भिजिट भिसा बारे अगाडी सारेको पाँच बुँदे प्रस्तावकै आधारमा सत्ता पक्षसँग छलफल गर्ने निष्कर्ष निकालेको थियो ।
रास्वपाले सोमबार भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानमा हस्तक्षेप नगरी सरकारले पूर्ण सहयोग र सहजीकरण गर्ने, अख्तियारको क्षेत्रमाथि अतिक्रमण नगरेर भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न पाँच दिन भित्र उच्चस्तरीय छानबिन आयोग गठन गर्ने, समितिको कार्य क्षेत्र कार्यसम्पादन समिति गठन गर्ने, नैतिक हिसाबले गृहमन्त्री रमेश लेखकले राजीनामा दिने लगयतका प्रस्ताव अगाडी सारेको थियो ।




