राजनीति

संविधान र राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न एकजुट हुँदै मधेसकेन्द्रित दलहरू

काठमाडौं । मधेसकेन्द्रित ८ दलहरू संविधान र राजनीतिक दलसम्बन्धी ऐन संशोधनमा छलफल गर्न फेरि एकजुट भएका छन्।
आगामी बिहीबारसम्म प्रत्येक दलबाट एक सदस्य रहने गरी कार्यदल गठन गर्ने र कार्यदलले एजेण्डा तय गर्ने निर्णय भएको छ।
राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले कार्यदलको गठनको जानकारी दिए ।

सोमबार काठमाडौंमा भएको बैठकमा ८ दलका प्रतिनिधिहरूले एजेण्डाबारे छलफल गरेका थिए।

बैठकमा जनता समाजवादी पार्टी, जसपा नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशिल पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टीका नेताहरू सहभागी थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *