देश

इन्भेष्टमेन्ट सर्भिसले ३५ लाख तिर्न नसकेपछि वनकाली पार्किङ रद्द

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले वनकाली पार्किङ रद्द गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयमा बिहीबार बसेको विकास कोषको बैठकले पार्किङको ठेक्का रद्द गरेको हो ।

पशुपति क्षेत्रअन्तर्गत वनकाली ओरालो क्षेत्रमा रहेको पार्किङ तत्व इन्भेष्टमेन्ट एण्ड सर्भिस प्रालिले सम्झौता पालना नगरेको भन्दै ठेक्का रद्द गरेको हो । सम्झौताअनुसार मासिक चार लाख ८३ हजार ३३ क्षेत्र विकास कोषलाई भुक्तानी गर्नुपर्नेमा लामो समयसम्म बक्यौता बाँकी राख्नका साथै अन्य थुप्रै नियम उल्लंघ गरेको भन्दै कोषले एक महिनाभित्र बक्यौता उठाउनेसँगै ठेक्का रद्द गर्ने निर्णय गरेको हो ।

बैठकले ठेकेदार कम्पनी तत्व इन्भेष्टमेन्ट एण्ड सर्भिसको बैंक ग्यारेन्टीसमेत जफत गर्ने निर्णय गरेको छ । कोषको आर्थिक प्रशासन शाखामा रहेको विवरण हेर्दा हालको मितिसम्म उक्त कम्पनीले कोषलाई बुझाउन बाँकी भाडा ३४ लाख ७४ हजार एक सय ११९ देखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *