काठमाडौँ । मैत्रीपूर्ण खेलमा पिएसजीले दक्षिण कोरियाको क्लब जिओनबकलाई पराजित गरेको छ ।
विहिबार सम्पन्न खेलमा पिएसजीले जिओनबकलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
पिएसजीको जितमा नेइमारले २ गोल गरेका थिए । लामो समयको इन्जुरीपछि टिममा फर्किएका नेइमारले खेलको ४०औ र ८३औं मिनेटमा गोल गरेका थिए । त्यस्तै पिएसजीका लागि अर्को गोल मार्को असेन्सियोले गरेका थिए । प्रि-सिजन टूर अन्तर्गत पछिल्ला चार खेलमा पिएसजीको यो पहिलो जित हो ।
योसंगै पिएसजीको प्रि-सिजन टूर सकिएको छ ।




