राजनीति

माधव नेपालले गौर–१ र झलनाथले सुर्योदय–९ को मतदान केन्द्रमा मतदान गर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–१ को मतदान केन्द्रमा मतदान गर्ने भएका छन् ।

एकीकृत समाजवादीले बिहीबार विज्ञप्ति निकालेर दिएको जानकारीअनुसार शुक्रबार हुने स्थानीय तह निर्वाचनमा अध्यक्ष नेपालले गौर १, भन्सार बजार नजिक रहेको कन्या प्राथमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

यसैगरी इलामको सुर्योदय नगरपालिका– ९ को मतदाता रहेका नेता झलनाथ खनालले करफोकस्थित करफोक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *