काठमाडौं । नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् ।
कांग्रेस निर्वाचन समितिका अनुसार ९०० मत गन्दा थापाले ५७५ र विश्वप्रकाशले ३४१ मत ल्याएर अग्रता लिइरहेका छन् ।
यस्तै, प्रदिप पौडेलले ३००, प्रकाश शरण महतले २९७, मिनेन्द्र रिजालले १५३ र राजाराम कार्की ३१ मत पाएका छन् ।
महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ। महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ।
सभापति शेरबहादुर देउवाको प्यानलबाट डा प्रकाश शरण महत र प्रदीप पौडेल छन् भने डा शेखर कोइरालाको तर्फबाट गगन थापा र मिनेन्द्र रिजाल मैदानमा छन्।
यस्तै, प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा राजाराम कार्की महामन्त्रीको उम्मेदवार छन्।




