राजनीति

काभ्रे कांग्रेसमा देउवा पक्षका तीर्थ लामा विजयी

काठमाडौं।नेपाली कांग्रेस काभ्रेको सभापति पदमा तीर्थ लामा विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतगणनाको परिणामअनुसार संस्थापन पक्षका लामाले पौडेल पक्षका अच्युत पौडेललाई पराजित गरेका हुन् ।

लामाले १६ सय ४६ र पौडेलले सात सय ७० मत पाएका थिए । २४ सय ६८ मत खसेकाे थियाे । ५२ मत बदर भएकाे थियाे । काभ्रेमा एउटा पदबाहेक सबै लामा प्यानलकै उम्मेदवार विजयी भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *