मुख्य समाचार

प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष नरवणेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले शिष्टाचार भेट गरेका छन् ।

नेपालमा भ्रमणमा रहेका सेनाध्यक्ष नरवणेले शुक्रबार बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेट गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

उनी बुधबार नेपाल आएका थिए । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरेकी थिइन् । नेपाल आएलगत्तै उनले पशुपतिनाथ र बसन्तपुर क्षेत्रको भ्रमण गरेका थिए ।उनी आजै स्वदेश फर्कने छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *