देश

भारत भ्रमणमा रहेका गृहमन्त्री गुरुङले भेटे विदेशमन्त्री जयशंकरलाई

काठमाडौं । भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ। भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल फेसबुकमार्फत भेटको तस्बिर सार्वजनिक गर्दै नेपाली गृहमन्त्री गुरुङसँग भेट गर्न पाउँदा खुसी लागेको बताएका छन्।

जयशंकरले आफ्नो फेसबुक पोस्टमा ‘नेपालका गृहमन्त्री सुधन गुरुङसँग भेटेर खुसी लाग्यो’ भन्दै भेटबारे संक्षिप्त प्रतिक्रिया दिएका छन्। भेटका क्रममा दुई नेताबीच के–कस्ता विषयमा छलफल भयो भन्नेबारे भने विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *