देश

कांग्रेस सहमहामन्त्री खुलामा खतिवडा र शिवाकोटीको अग्रता, सुवेदी तेस्रो स्थानमा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणनामा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीले अग्रता कायम राखेका छन्। नौ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको यस समूहबाट दुई जना निर्वाचित हुनेछन्। हालसम्म दुई हजार ४९१ मत गणना हुँदा खतिवडाले एक हजार १२५ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका शिवाकोटीले ८०६ मत पाएका छन्।

तेस्रो स्थानमा रहेका डिल्लीराम सुवेदीले ६१० मत प्राप्त गरेका छन् भने देवेन्द्रराज कँडेल ५२४ मतसहित चौथो स्थानमा छन्। त्यस्तै, विकास कोइरालाले ४१५, राजीव ढुंगानाले ३७४ र रमेशप्रसाद धमलाले २९३ मत प्राप्त गरेका छन्। अमृतकुमार अर्यालले २७२ मत पाउँदा विमलराज क्षेत्रीले ९९ मत प्राप्त गरेका छन्।

मतगणनाको पछिल्लो परिणामअनुसार खतिवडा र शिवाकोटीले क्रमशः पहिलो र दोस्रो स्थान कायम राखेका छन्। यद्यपि, अन्तिम नतिजा भने बाँकी मतगणना सम्पन्न भएपछि मात्रै टुङ्गो लाग्नेछ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *