देश

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त

 

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट बर्खास्त गरिएको छ।

गृह मन्त्रालयले शुक्रबारदेखि लागू हुने गरी दाहाललाई सशस्त्र प्रहरी सेवाबाट हटाउने निर्णय गरेको हो।

मन्त्रालयका अनुसार आचरणसम्बन्धी नियम बारम्बार उल्लङ्घन गरेको, अनुशासनहीन कार्य गरेको तथा नेपाल सरकार वा आफू कार्यरत सङ्गठनको मानप्रतिष्ठा र छविमा आँच पुर्‍याउने कार्य गरेको कसुरमा उनीमाथि विभागीय कारबाही गरिएको हो।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा दाहाललाई सेवाबाट हटाइएको जानकारी सम्बन्धित सबैलाई गराइएको उल्लेख छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *