काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक भएको छ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको निर्वाचन कार्यतालिकाअनुसार विभिन्न पदमा दर्ता भएका उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक गरेको हो।
प्रकाशित नामावलीअनुसार सभापति पदमा तीन जनाको उम्मेदवारी परेको छ। सभापतिका लागि गगनकुमार थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गराएका छन्।
वरिष्ठ उपसभापति एक पदका लागि भने विश्वप्रकाश शर्माको मात्रै उम्मेदवारी परेको छ। निर्वाचन समितिले सार्वजनिक गरेको प्रथम नामावलीमा वरिष्ठ उपसभापतिमा शर्माको एकल उम्मेदवारी परेको उल्लेख छ।
निर्वाचन समितिका अनुसार प्रथम नामावलीमा कुनै दाबी–विरोध वा आपत्ति भएमा आज बिहान १० बजेदेखि १२ बजेसम्म आवश्यक कागजातसहित केन्द्रीय निर्वाचन समितिको कार्यालयमा सम्पर्क गर्न सकिनेछ।
दाबी–विरोध तथा आपत्तिको प्रक्रिया पूरा भएपछि उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।
कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय नेतृत्व चयन हुँदैछ। सभापतिसहित विभिन्न पदमा उम्मेदवारी दर्ता भएपछि अब निर्वाचन समितिले दाबी–विरोधको प्रक्रिया पूरा गरी अन्तिम उम्मेदवारको सूची सार्वजनिक गर्नेछ।
सभापतिमा
गगनकुमार थापा
श्यामकृष्ण खड्की
किशोरसिंह राठौर
वरिष्ठ उपसभापतिमा
विश्व प्रकाश शर्मा
उपसभापति महिला
पुष्पा भुसाल
उपसभापति खुल्ला
डा. चन्द्र भण्डारी
देवराज चालिसे
सुरेन्द्रराज पाण्डे
मधु आचार्य
डा. मिनेन्द्र रिजाल
दीपक गिरी
धनराज गुरुङ
गोविन्द भट्टराई
डा चन्द्रमोहन यादव
समावेशी उपसभापति
जीवन परियार
बिनोद चौधरी
फर्मुल्लाहा मनसुर
सीता गुरुङ
रन्जित कर्ण
खुल्ला महामन्त्री
प्रदिप पौडेल
गुरुराज घिमिरे
उदय शमशेर राणा
अमरसिंह पुन
नैनसिंह महर
शंकर तिवारी
डा सुनिल शर्मा
डा सन्तोष उपाध्याय
महामन्त्री महिला
डा डिला संग्रौला
डिना उपाध्याय
रिता खनाल
सभापतिमा तीन जना, वरिष्ठ उपसभापति र महिला उपसभापतिमा एक / एक जना, खुल्ला सभापतिमा नौ जना, समावेशी उपसभापतिमा पाँचजना, खुल्ला महामन्त्रीमा आठ जना र महिला महामन्त्रीमा तीन जनाको उम्मेदवारी परेको छ ।




