देश

रास्वपा सरकारमा बालेन,रवि र सुदनबिचको बक्ररेखा विवादको बिन्दु

काठमाडौं । जेनजी आन्दोलनपछि गत फागुन २१ गते भएको निर्वाचनबाट निर्वाचित सरकारमा तीन पात्र मुख्य मानिन्छन् । सामाजिक संजालमा मात्र बोल्ने,जनतासँग सिधा संवादमा नआउने प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संचारमाध्यमबाट बोलेर नै संसार जित्ने स्वभाव राख्ने रास्वपा सभापति रवि लामिछाने र गत भदौ २३ र २४ गते नेपालमा जेनजी आन्दोलनका मुख्य नाइके भनेर चिनिने वर्तनमान गृहमन्त्री सुदन गुरुङ ।

यी तीन जनामाथि नागरिकहरु,नेता तथा कार्यकर्ता र आलोचकहरुले विवादित पात्रका रुपमा चिन्छन् । तर विगत ३५ वर्षदेखि शासन सत्ताको बागडोर समालिरहेका तत्कालीन सरकारका पात्रहरुलाई हिंशात्मक आन्दोलनको माध्यमबाट सत्ता च्युत गरी गत निर्वाचनबाट निर्वाचित भएका तीन पात्रहरु नाट्कीय भूमिका खेल्न निकै माहिर छन् । उनीहरु तीनै पात्रहरुको चर्चा पनि उतिकै छ । उनीहरुबिचको भूमिकाको प्रशंसा पनि उतिकै बन्नुको कारण नयाँ सांसदहरुलाई अवसर दिनु र परम्परागत शैली तथा मुल्यमान्यतालाई विस्थापन गर्दै केही नयाँ नियमहरु लागू गर्नु र परम्परागत राजनीतिमा ठूलो योगदान पु¥याएका राजनैतिक दलहरुमाथि प्रतिशोधको राजनीति गर्नु । यो विषय विवाद र चर्चाको दुबै विषय बनेको छ ।

नयाँ अनुहारहरुले आफूहरुजतिकै कोही पनि नभएको दाबी गरिरहेका बेला प्रतिपक्ष दलहरु तथा परम्परावादी राजनैतिक दलहरुले अनुभव नभएको निरङकुश सरकारका रुपमा पनि चित्रण गरिरहेका छन् । प्रधानमन्त्री बालेन शाह राजाको शैलीमा प्रस्तुत हुने,गृहमन्त्री सान देखाउने सबैसँग मिल्न खोज्ने र रास्वपा सभापति लामिछाने सरकारले गरेका कमीकम्जोरीहरु सच्याउन र ढाकछोप गर्न खोज्ने सो विषय उनीहरुका लागि चर्चाको विषय बन्ला तर वास्तवमा गलत नियत भएको विद्धानहरु बताउँछन् ।

सरकार गठन भएको तीन महिना नपुग्दै नागरिकहरुमा निराशा छाएको छ । सुकुम्वासी वस्तीमाथि डोजर आक्रमण,सरकारकै कारण सडकमैँ आत्मदाह र आत्महत्या गर्ने प्रवृति मात्रै बढेको छैन्,देशमा जातीय द्वन्द्व हत्याहिंशा,नागरिकहरुमाथि गोली पनि चलिसकेको छ । केही हप्ताअघि मधेश प्रदेशमा भएको हिन्दु समुदाय र मुस्लिम समुदायबिच भएको जातिय हिंशात्मक आन्दोलन हुँदा तीन दिनसम्म चुप लागेर बसेको सरकार र आन्दोलन नियन्त्रणमा लिन सुरक्षाकर्मीहरुले चलाएको गोली लागेर चार जनाको मृत्यु भयो । त्यसपछि मात्र गृहमन्त्री र प्रधानमन्त्रीले मुख खोलेर आन्दोलन नियन्त्रणमा लिए ।

गोली चल्नुभन्दाअघि किन मौन रह्यो सरकार ? देशभरीका तीन करोड जनताले नेपाल तथा विदेशबाट समेत प्रश्न उठाइरहेका छन् । यस्तै बाढीपहिरो विपत व्यवास्थापनमा समेत सरकार चुकेको छ । देशभर बाढीपहिरोमा परी लाखो नागरिकहरु चिन्तामा छन् । सयौँले ज्यान गुमाएका छन् । सरकारले राहत,उद्धार र ब्यवस्थापनमा गर्न नसकेको भन्दै सांसदहरुले बारम्बार संघीय संसदबाट सांसदहरुले सरकारको ध्यानाकर्षण गराइरहेका छन् । प्रधानमन्त्री बालेन शाहले संघीय संसदबाट नेपालले पनि भारतको भूमि मिचेको विवादास्पद अभिव्यक्ति दिएपछि देशमा आन्दोलन मात्र चर्किएन्,भारतले पनि नेपालको सुस्ता पश्चिमको भूमिमाथि बारम्बार आक्रमण ग¥यो । सोही कारण छिमेकी मुलुक भारतले नेपाललाई बारम्बार पेल्न सुरु गरिसकेको छ ।

प्रधानमन्त्रीको सो अभिव्यक्तिले नेपालदेखि विश्वसामु नै प्रश्न उठायो । विवाद मिलाउन आफू नगएपछि रास्वपा सभापति नै भारत गएर कुटनैतिक माध्यमबाट सो विवाद मिलाउनुपर्ने कुटनैतिक वार्ता गरेर नेपाल फर्के रवि । भारतमा रविलाई भएको भव्य स्वागतपछि जब रवि नेपाल आए सरकार नै परिवर्तन हुन खोज्यो । तर बालने र सुदनको टिमले सरकार फेरबदल नहुने भन्दै अडान राखेपछि रविलाई होच्याए । त्यसपछि सरकारको गतिविधिका कारण आफ्नै सांसदहरुले नैतिक जिम्मेवारी र सुशासनका विषयमा बारम्बार प्रश्न उठाइसकेका छन् । त्यति मात्र होइन्,आफ्नै सांसदहरु र सत्ताप्रतिपक्षका सांसदहरुले समेत गृहमन्त्री र प्रधानमन्त्रीको राजीनामा नै मागिसकेका छन् । तर उनीहरु चुप लागेर बसेका छन् ।

नेपाल फर्केसँगै चीन भ्रमणमा पनि जाने तयारीमा थिए,लामिछाने । तर अहिलेसम्म कार्यतालिका सार्वजनिक हुन सकेको छैन् । प्रधानमन्त्री पनि भारत भ्रमण जाने समाचार सार्वजनिक भए तर उनको पनि भारत भ्रमणको तालिका नै वास्तविक रुपमा सार्वजनिक हुन सकेको छैन् । वर्तमान सरकारमा कलाकारहरुको संख्या बढि भएकै कारण राजनीतिलाई फिल्मीशैलीमा प्रस्तुत हुँदा नागरिकहरु झन पिडामा परेको गुनासो गर्छन् । तर सरकार मौन छ । पछिललो समय त धेरै बोलिरहने रास्वपा सभापतिलाई नै कम बोल्न बालेन समुहले दबाब दिएको बुझिएको छ । रवि र बालेन पनि पार्दर्शी पात्र भने होइनन्

कुनै पनि फिल्ममा पिरामिडबाट सुरु हुन्छ प्रस्तुती र रिभेन्ज हुन्छ,। सो क्रममा क्लाइम्याक्समा पुगेर टुंगिन्छ विषय बस्तु। कमेडी तथा ट्राजेडीको रुपमा । फिल्ममा पात्रहरुको भूमिका अरुलाई पीडा दिदाँ हिरोइक हुने मान्यता छ । सोही अनुसार वर्तमान सरकारले फिल्मको भूमिका प्रस्तुत गरिरहेको विश्लेषण भइरहेको छ । समवेदनाविनाको सरकार भएको आलोचकहरु बताउँछन् । कसैको पीडामा भन्दा पनि पारदर्शीता,सुशासन,दिगो विकास,स्वरोजगार बनाउने अभिव्यक्ति दिएको बालेन सरकार प्रतिशोधको राजनीतिमा लागेको देखिन्छ । विभिन्न निकायहरुमा आफ्ना मान्छे भर्ति गएको भन्दै तत्कालीन सरकारको विरोध गर्ने उनीहरु वर्तमान समयमा सो भुलेर आफैले सो गतिविधि गरिरहेका छन् । उक्त विषय संघीय संसदबाट पनि सांसदहरुले उठाउने गरेका छन् । सबैभन्दा गम्भिर कुरा सरकार जवाफदेहिता भन्दा पनि प्रतिशोधको राजनीतिमा लागेको विषलेण विभिन्न दृष्टिकोणबाट सार्वजनिक भइरहेका छन् ।

पछिल्लो समय अभिव्यक्ति स्वतन्त्रलाई प्रतिबन्ध लगाउने शैलीले बालेन नेतृत्वको सरकार संचारमाध्यहरुमाथि निरङकुश्ताको शैली अपनाउन थालेको भन्दै चौतर्फी विरोध हुन थालेको छ । जनआस्था साप्ताहिकका संचालक तथा सम्पादकलाई सरकारले घरबाटै पक्राउ गराई हिरासतमा समेत पठायो । सो विषयमा विभिन्न राजनैतिक दलका नेता तथा कार्यकर्ता र सम्बन्धित निकायले सरकारको खबरदारी गर्दै आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *