काठमाडौं । डा. गोविन्द केसीलाई आफ्नो अनशन तत्काल फिर्ता लिन शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले आग्रह गरेको छ ।
शुक्रबार समितिका संयोजक लोकराज पाण्डेले एक भिडिओ सन्देश जारी गर्दै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिमबासीको लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धि भएकाले विरोध कुनै पनि हालतमा स्वीकार्य नहुने उल्लेख गर्दै तत्काल अनशन फिर्ता नलिए प्रतिकाउन्टर अनशन बस्ने चेतावनी दिएको छ । डा. केसीले भनेका छन्– सुरु गरेको अनशन तत्काल फिर्ता लिन केसीलाई आग्रह गरेका छौँ । तत्काल फिर्ता नलिए सरकार र डा. केसीविरुद्ध नै प्रतिअनशन सुरु गर्न बाध्य हुन्छौँ ।
विश्वविद्यालय सुदूरपश्चिमका नागरिकको अधिकार, भावना र आकांक्षासँग जोडिएको विषय भएकाले यसको स्थापना तथा सञ्चालन प्रक्रियालाई कमजोर बनाउने कुनै पनि गतिविधि स्वीकार्य नहुने उनले उनको भनाइ छ । विश्वविद्यालय सञ्चालनको प्रक्रिया अवरुद्ध पार्ने प्रयास केसी लागि परेको उल्लेख गर्दै आगामी दिनमा सो अनुसारका गतिविधिमा सक्रिय नहुन समेत उनले सुझाव दिएका छन् । बिहीबारदेखि , डा. गोविन्द केसी धनगढीमा आफ्नो २४औँ सत्याग्रह जारी राखेका छन्। चिकित्सा शिक्षा सुधारका मागसँगै उनले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विषयलाई पनि आन्दोलनको प्रमुख एजेन्डाका रुपमा अघि सारेका छन् ।
डा। केसीले गेटामा विश्वविद्यालय स्थापना गर्ने प्रक्रिया पारदर्शी र विधिसम्मत नभएको तथा हतारमा निजी स्वार्थ समूहलाई फाइदा पुग्ने गरी कानुन ल्याइएको आरोप लगाउँदै उनले सरकारको विरोध गरेका छन् । तर संघर्ष समितिले भने संघर्ष समितिले भने उक्त विश्वविद्यालय सुदूरपश्चिममा भएको ऐतिहासिक उपलब्धिलाई नस्ट गर्ने कुनै पनि किसिमका गतिविधीमा नलाग्न चेतावनी दिएको छ ।




