काठमाडौं । जारी फिफा विश्वकप फुटबलमा हालसम्म २१ राष्ट्रले नकआउट चरणमा स्थान सुरक्षित गरेका छन्।
शनिबार बिहानसम्म सम्पन्न खेलका आधारमा नौ टोली समूह विजेता, आठ टोली समूह उपविजेता र चार टोली उत्कृष्ट तेस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेका छन्।
समूह विजेताका रूपमा मेक्सिको, स्वीट्जरल्यान्ड, ब्राजिल, अमेरिका, जर्मनी, नेदरल्यान्ड्स, स्पेन, फ्रान्स र अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेका छन्। यस्तै दक्षिण अफ्रिका, क्यानडा, मोरक्को, अस्ट्रेलिया, आइभरी कोस्ट, जापान, केप भर्डे र नर्वे समूह उपविजेता बनेर अन्तिम १६ मा पुगेका छन्। उत्कृष्ट तेस्रो स्थान हासिल गर्दै बोस्निया–हर्जगोभिना, पराग्वे, इक्वेडर र स्विडेनले पनि नकआउट चरणमा स्थान बनाएका छन्।
हालसम्म तय भएका प्रि–क्वार्टरफाइनल खेलअनुसार जर्मनीले पराग्वेसँग, फ्रान्सले स्विडेनसँग, दक्षिण अफ्रिकाले क्यानडासँग, नेदरल्यान्ड्सले मोरक्कोसँग, अमेरिकाले बोस्निया–हर्जगोभिनासँग, ब्राजिलले जापानसँग, आइभरी कोस्टले नर्वेसँग र अर्जेन्टिनाले केप भर्डेसँग प्रतिस्पर्धा गर्नेछन्।




