देश

जेनजी पुस्तालाई सन्देश : देशलाई शान्तिको बाटोमा हिंडाउन बुद्धका उपदेश अपरिहार्य

२०८२ भदौ २३ र २४ गते जेनजी पुस्ताले देशमा गरेको विध्वंशकारी विद्रोहले नेपालको इतिहासमा राष्ट्रियदेखि अन्तराष्ट्रिय जगतमा समेत दाग लगायो । जेनजी पुस्तालाई डिजिटल प्रियड,साक्षरता दर उच्च भएको समय, सिर्जनात्मक कर्ममा लागेको पुस्ता, देखिएका समस्या समाधान गर्न सक्ने क्षमतावान र नैतिक संस्कार भएको पुस्ताका रुपमा चित्रण गरिएको थियो । तर जेनजी पुस्ताको परिभाषा भदौ २३ र २४ गते देशको राजधानीदेखि देशभर गरिएका विध्वंशकारी घटनाले बदलिदियो ।

अहिले उनीहरुलाई बौद्धिक भनेर चित्रण गर्ने कमै मूर्ख मात्र होलान्। सो दिन उनीहरुले जिटिटल प्लेटफर्मको दुरुपयोग गर्दै विभिन्न सामाजिक संजाल,टिकटक,फेसबुक,म्यासेन्जर,वाट्सएप,इमेल,भिडियो ,अडियो ,एक्समार्फत नेपालमा विध्वंश मच्याउने षड्यन्त्र गरेर फिल्मको शैलीमा सडकमा विद्यार्थी लिएर आए संयोजकहरु,विज्ञ योजनाकारहरु पर्दापछाडी बसेर नेपाल ध्वस्त पार्ने रणनीतिमा लागिरहे ,देशको ऐतिहासिक सम्पदा सिंहदरबार,न्यायको घर सर्वोच्च अदालत, विचारहरुको केन्द्र संघीय संसद,पार्टीका निवासहरु, कार्यालयहरु,व्यावसायीक भवनहरु,नीजि तथा सार्वजनिक सम्पतिमाथि तोडफोड,आगजनी ,सवारी साधनहरुमाथि आगजनी,प्रहरीमाथि हमला,नेताहरुमाथि हमला,विदेशी शक्तिहरुको चलखेलमा संलग्न,लुटपाट,कुटपिट लगायतका राम्रा काम भनेर परिभाषा नै गर्न नसकिने हिंशात्मक गतिविधि आतंकवाद शैलीमा गरे ।

देश जलाए,कैदीबन्दीहरु भगाए,प्रहरीहरुका हातहतियार लुटे,ज्युँदै मान्छेमाथि रक्ताम्मे हुनेगरी कुटपिट मारपिट,काटमारमा समेत संलग्न भए । त्यसपछि नेपालमा जेनजी पुस्ताको अहिले चौतर्फी आलोचना मात्रै भएको छैन्,परिभाषा समेत फेरिन थालेको छ । अहिले जेन्जी पुस्ता भन्नेहरुका नाइकेहरुले बालबालिकाहरुलाई समेत आन्दोलनमा समावेश गराउन थालेका छन्, आफ्ना गल्तिहरु देख्न छोडेर आफूले गरेका गल्तिीहरु अरुको टाउको भारी बोकइरहेका छन् । जेनजी विद्रोहको राप र तापमा विशेष परिस्थितिमा बनाइएको सरकारले अहिलेसम्म लुटिएका हतियारहरु,कैदीबन्दीहरु नियन्त्रणमा लिन सकेको छैनन्, अनुसन्धानका खटिएका प्रहरीहरुमाथि नै ढुङ्गा मुडा र मारपिट चल्दा समेत वर्तमान सरकारले ती जेनजी आन्दोलनकराीहरुलाई सचेतना जगाउन सकेको छैन्, सरकारले किन सचेतनात्मक अभिव्यक्ति जेनजी पुस्ताका लागि सार्वजनिक गरी सेचत बनाउन सकेको छैन् ? यस्तो अवस्थामा निर्वाचनमा मात्र फोकस गरेको छ ,सरकारले । यदि पूर्णरुपमा लुटिएका हातहतियार र कैदीबन्दीहरुलाई नियन्त्रणमा नलिई,नेताहरुमाथि जेनजीको हमला भइरहेको बेला कसरी निर्वाचन सुरक्षित र शान्ति स्थापना हुन्छ ?

नत उनीहरुले राज्यको नीतिको अबलम्बन गरेका छन्,न संवैधानिक अधिकारको सदुपयोग,संविधान खारेज गर्ने लाइन उनीहरुका अभिव्यक्तिहरु र क्रियाकलापहरु देखिन्छन् ,  ,तोडफोडको बलमा जेनजीले अन्तरिम सरकार गठन ग¥यो र उनीहरुलाई दबाबमा राखेर प्रधानमन्त्री राष्ट्रपति भन्दा माथि उभिएको जस्तो गतिविधि गरिरहेका छन्,मौलिक हकमाथि प्रतिबन्ध लगाउँदैछन्,सुरक्षामा खटिएका प्रहरीहरुमाथि समेत पुनः हमला गरेर प्रहरीले  नै जनताको सुरक्षा नगरेको आरोप उनीहरुले लगाउँदै सबैको पद च्युत गर्नुपर्ने भन्दै सरकार र सुरक्षा निकायमा धम्की दिइरहेका छन्, तर अन्तरिम सरकार मौन छ,जेनजी सरकार र उनीहरुले गरेका काला कर्तुत सार्वजनिक गर्दा निरङकुश राणाशासन झै ती व्यक्तिहरुलाई जेल हालिदैँछ ।

लोकतान्त्रि दलहरुले लोकतन्त्रमा जेनजीको सरकारले तानाशाहा प्रवृति लागू गरेको आपत्ति जनाउँदै सरकार र ती विध्वंशकारी आन्दोलनकारीहरुलाई गल्ति सच्याएर सिस्टम सच्याउन आग्रह जारी राखेका छन् । नागरिकको  जिउ – धनको सुरक्षा,संविधानको रक्षा,नागरिकका अधिकार स्थापित,राष्ट्रिय एकता र सार्वभौमिकताको जर्गेना गर्न सबैलाई एक भएर शान्ति स्थापनाको दिशामा लाग्न ठूला राजनैतिक दलहरु र नागरिक समाजहरुले सचेत गराइरहेका छन्,तर उल्टै उनीहरु आफूहरुलाई नसिकाउन भन्दै धम्की दिन्छन् ।

आजको अशान्त र चुनौतीपूर्ण समयले हामीलाई फेरि बुद्धको अमूल्य सन्देश सम्झाइरहेको छ—“क्रोध त्याग, सकारात्मक सोच राख, आत्म–चिन्तन गर। शान्ति भित्रबाट जन्मिन्छ।” आधुनिक जीवनको दबाब, प्रतिस्पर्धा र अव्यवस्थाले मानिसलाई तनाव र विभाजनतर्फ धकेलिरहेको छ। यस्तै समयमा सिद्धार्थ गौतम बुद्धको शिक्षाले मानवता, करुणा र आत्म–बोधको बाटो देखाउँछ। बुद्धका अनुसार शक्ति वा वर्चस्व होइन, तथ्य, यथार्थ, आत्म–अनुशासन, आध्यात्मिकता र सहानुभूति नै मानव जीवनका असली आधार हुन्। हरेक मानिसले संसारलाई फरक “चस्मा” ले हेर्छ—फरक संस्कार, विश्वास, अनुभव र परिस्थिति अनुसार। त्यसैले वैचारिक मतभेद स्वाभाविक हो। तर, असहिष्णुता, घृणा र अहंकारले समाजमा विभाजन मात्र जन्माउँछ।

गल्ती स्वीकार गर्नु नै महानता

मानिसका चेतनाहरु अपूर्ण हुन्छन । गल्ती गर्छ, भुलिन्छ, कहिलेकाहीँ दिशा नै हराउँछ। तर बुद्धले भनेका छन्,—गल्तीलाई नलुकाइ स्वीकार गरेर तुरुन्त सुधार्नु नै बुद्धिमत्ता हो। जब हामी आफ्ना त्रुटिका पानाहरू पल्टाउँछौँ र तिनलाई सच्याउन प्रयास गर्छौँ, त्यहीँबाट सुरु हुन्छ आत्म–विकास, आत्म–ज्ञान र आत्म–उन्नति—अर्थात् बोध। अहंकार, कटुता र विभाजनले समाजलाई कमजोर बनाउँछ। ज्ञान बाँड्नु, सुधारमा तत्पर हुनु, जिम्मेवारी स्वीकार गर्नु, समानता र समावेशिताको अभ्यास गर्नु—यी सबैले शान्तिपूर्ण समाज निर्माणका अधार स्तम्भहरु हुन् ।

एकता, करुणा र नेपाली पहिचान : कठिन समयमा साथ दिनेहरू नै जीवनका “असली देवता” हुन्। तसर्थ, प्रेम, सहयोग र करुणा नै सबैभन्दा ठूलो शक्ति हो। नेपाल विविधता, संस्कृतिको धनी र आध्यात्मिकताको स्रोत भएको देश हो। हाम्रो झण्डा, हाम्रो पहिचान, हाम्रो रक्त–सम्बन्ध सबै समान छन्। फरक कुल, वर्ग, समुदाय वा संस्थामा जन्मिँदैमा हामी फरक हुँदैनौँ—हामी सबै नेपाली हौँ। आन्तरिक कलह, द्वन्द्व र नकारात्मक सन्देशले हाम्रो राष्ट्रिय छवि कमजोर बनाएको छ । अब अर्कालाई दोष दिने संस्कार हटाउँदै संवाद, सद्भाव र सहयोगको संस्कार विकास गर्नुपर्छ। पारदर्शिता, न्याय, सत्यता र उत्तरदायित्व जस्ता मूल्यहरू संस्थागत विकासका आधार बन्नुपर्छ।

 

नेपालको गहिरो प्रश्न

देशलाई सही दिशामा अघि बढाउन हामीले केही महत्वपूर्ण प्रश्नहरू सोध्नैपर्छ—नेपालको वास्तविक विरासत के हो ?

हाम्रो संस्कृति, धर्म, दर्शन, सामाजिक आचरण र पहिचान कहाँ उभिएको छर?

हाम्रा संस्था र संरचना ले कस्ता मूल्यहरू अगाडि बढाइरहेका छन् ?

नेपालीले नेपाली,मानवले मानवलाई नचिन्ने शक्ति कस्तो ?

कति हदसम्म हामीले पुराना गलत प्रवृत्तिहरू हटाएर नयाँ सकारात्मक संस्कार निर्माण गरेका छौँ ?
यी प्रश्नहरू केवल बौद्धिक होइनन्, राष्ट्रिय पुनर्जागरणका लागि आवश्यक छन्।

क्रोध रोग हो, मुस्कान औषधि, क्रोधले मन विषाक्त बनाउँछ। मुस्कानले मन मात्र होइन, सम्बन्ध पनि उज्यालो बनाउँछ।यसैले समस्याको समाधान क्रोध, वर्चस्व र कटुतामा होइन—शान्त सोच, धैर्यता र सकारात्मक व्यवहारमा छ। बुद्धले देखाएको मार्ग आज पनि उत्तिकै प्रासंगिक छ। शान्ति केवल सन्देश होइन—जिम्मेवारी हो।

आफ्ना मन र व्यवहारबाट सुरु गरौँ। करुणा, सत्य, समानता र शान्तिका दियो बाली—नेपाललाई फेरि आध्यात्मिक, सांस्कृतिक र नैतिक उदाहरण बनाऔँ। शान्तिको बाटो हिँडौँ, शान्तिको उज्यालो फैलाऔँ। जेन जी पुस्ताको विध्वंसकारी आन्दोलनः इतिहासको गौरवमाथि लाग्यो ठेस,अब किनेर किनै सकिन्न् ,त्यसैलै सबैले एकात्मक भएर आन्तरिक छलफल ,सभ्य भाषाशैली र समाधानको बाटोमा सबैले विकल्प छनोट गरी संवैधानिक आधारबाट नेपालीहरुले अगाडी नबढ्नुको विकल्प नै छैन् । आगामी दिन विगतका जस्ता अप्रिय घटना कोही कसैले पनि नघटाउ,त्यस्ता गतिविधिमा संलग्नमाथि राज्यले कानुनी कारबाहीलाई नै पहिलो प्राथकिता दिनुपर्छ ।

गौतम बुद्धका बारेमा पूर्ण अध्ययनका लागि तलको लिङ्क क्लिक गर्नुहोस्

https://ne.wikipedia.org/wiki/%E0%A4%97%E0%A5%8C%E0%A4%A4%E0%A4%AE_%E0%A4%AC%E0%A5%81%E0%A4%A6%E0%A5%8D%E0%A4%A7

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *