राजनीति

जेन–जी आन्दोलनलाई सरकारले जनआन्दोलनको रुपमा कसरी परिभाषित गर्न मिल्छ ?

काठमाडौं । जेन–जी आन्दोलनका अगुवाहरूले सरकारसमक्ष बुझाएको एकीकृत सम्झौतापत्रसँगै आन्दोलनलाई “जनआन्दोलन” को रूपमा परिभाषित गर्न सकिन्छ कि सकिँदैन भन्ने बहस फेरि चर्किएको छ। आन्दोलनकारी समूहहरूले आफ्नो दस्तावेजमा यसलाई व्यापक जनसहभागिता र परिवर्तनको चाहनामा आधारित आन्दोलन भन्दै ‘जनआन्दोलन’ को मान्यता मागेका छन्।

जेनजी आन्दोलनलाई जनआन्दोलनको रुपमा परिभाषित गर्न सकेमा आफूहरु कारागार जानुनपर्ने सो आन्दोलनकारीहरुको बुझाई छ । तर गत भदौ २३ र २४ गते भएको जेनजीको प्रर्दशनका क्रममा कुनै जनआन्दोलनको नारा थिएन्, एक्कासी विध्वंशकारी आन्दोलनको रुपमा रुपान्तरण भयो । सो क्रममा ७६ जनाको मृत्यु भयो । खर्बोको राज्यको सम्पती खरानी भयो । व्यक्तिगत तथा सार्वजनिक सम्पतीमाथि हमला भयो । नष्ट गरियो । देशको इतिहास सिंहदरबार ,सर्वोच्च अदालत,संसद भवन,विभिन्न राजनैतिक दलका पार्टी कार्यालयहरु, नीजि घरमाथि आगजनि गरियो । विदेशी शक्तिको प्रभावमा परेर देशको इतिहास मेटाउने गतिविधि गर्ने आन्दोलनलाई कसरी जनआन्दोलन घोषणा गर्ला ? सरकारलाई कुनै पनि मोडलका ज्ञापन पत्र बुझाइएको थिएन् ।
‘जेन–जी मुभमेन्ट अलायन्स’, ‘काउन्सिल अफ जेन–जी’, सातै प्रदेशका संयोजक तथा ‘जेन–जी फ्रन्ट’का प्रतिनिधिसहितको टोलीले प्रधानमन्त्रीसमक्ष बुझाएको उक्त दस्तावेजलाई “जेन–जीको नेतृत्वमा भएको जनआन्दोलनको जनादेश सम्बन्धमा जनआन्दोलनकारी र राज्यपक्षबीचको प्रस्तावित सम्झौतापत्र” शीर्षक दिइएको छ।

सम्झौतापत्रमा हालसम्मको आन्दोलनले उठाएका माग, त्यसका राजनीतिक–सामाजिक प्रभाव, राज्यसँग अपेक्षित संरचनात्मक सुधार तथा युवापुस्ताको राजनीतिक भूमिकाबारे विस्तृत उल्लेख गरिएको टोलीको दाबी छ।

आन्दोलनकारीहरूका अनुसार, आफ्नो दस्तावेजले आन्दोलनको आधिकारिक उद्देश्य, जवाफदेहिताको आवश्यकता र दीर्घकालीन परिवर्तनका खाका समेटेको छ।
प्रधानमन्त्रीसँगको भेटमा टोलीले तत्काल संवाद प्रक्रिया संस्थागत गर्न आग्रह गर्दै राजनीतिक द्वन्द्व समाधानका लागि सरकार सकारात्मक कदम चाल्नुपर्ने माग राखेको थियो। स्रोतका अनुसार प्रधानमन्त्रीले दस्तावेज ग्रहण गर्दै सरकार समावेशी संवाद र सहमतिमार्फत समस्या समाधान गर्न इच्छुक रहेको आश्वासन दिएका छन्।

यद्यपि विशेषज्ञहरू भन्छन्—कुनै आन्दोलनलाई ‘जनआन्दोलन’ को मान्यता दिन, उसको व्यापकता, देशव्यापी प्रभाव, राजनीतिक परिवर्तनमा भूमिका र सर्वसाधारणको सक्रिय सहभागिता जस्ता सूचकहरू अनिवार्य हुन्छन्। जेन–जी आन्दोलनले ती सूचक कति पूरा गरिरहेको छ भन्ने प्रश्न राजनीतिक वृत्तमै विवादको केन्द्र बनेको छ। सरकारसँगको औपचारिक संवाद सुरुवात भए पनि ‘जेन–जी आन्दोलन’ जनआन्दोलनको ढाँचामा पर्छ कि पर्दैन—यो बहस अझै खुला छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *