काठमाडौं । जेनजी आन्दोलनपछि कांग्रेसलाई एक ढिका बनाएर अघि बढ्नुपर्ने बहस चलिरहेको बेला कांग्रेसकै दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा विपरीत धुर्वमा उभिन थालेको स्पष्ट देखिन्छ । जेनजी आन्दोलले पार्टीलाई कम्जोर बनाउन लागेकै बेला यी दुई महामन्त्रीले मुख्य नेतृत्वले गरेको निर्णयलाई नमान्नुले पार्टीलाई एक ढिक्का बनाएर लैजाने भन्दा पनि अवसवादको लाइनमा उनीहरु अघि बढ्को भन्दै अहिले कांग्रेसभित्र चर्को आलोचना भइरहेको छ ।
महामन्त्री थापा र शर्माको गतिविधिका कारण विगतमा पनि पार्टीले आलोचना भोग्नु परेको थियो । गत भदौ २३ र २४ गते जेनजीको हिंशात्मक आन्दोलनका क्रममा घाइते भएका कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू उपचारका क्रममा सिंगापुर जानुपूर्व नै कार्यबाहको जिम्मेवारी पूर्ण बहादुर खड्कालाई सुम्पिदै पार्टी एकताको विषयलाई तिव्र बनाउन नेता कार्यकर्ता तथा नेतृत्व पंक्तिलाई आग्रह गरिसकेका छन् । उता कांग्रेसइतर समुहका बरिष्ठ नेता डा. शेखर कोइराला भने सभापतिको निर्देशन नै अहिलेको मुख्य एजेण्डा रहेको भन्दै कांग्रेसलाई एक ढिक्का बनाएर अघि बढ्नुपर्ने लाइनमा छन् । तर दुई महामन्त्री भने कांग्रेसभित्र आफूहरुभन्दा जान्ने कोही नभएको झैँ प्रस्तुत हुनुले सिङ्गो कांग्रेसले नै आलोचना भोग्नुपरेको नेता तथा कार्यकर्ताहरु बताउँछन् ।
सोही कारण नेपाली कांग्रेसलाई भित्रैबाटै खोक्रो पार्ने रणनीतिमा दुई महामन्त्री लागेको अहिले खुलासा हुन थालेको छ । त्यसको मूल नायकका रूपमा पार्टीकै महामन्त्री थापा र शर्मा उभिएको देखिन्छ । पार्टी कमजोर पार्ने र नेतृत्व अस्थिर बनाउने योजनामा दुवै महामन्त्री सक्रिय रहेको कांग्रेसभित्रैको स्रोतले खुलासा गरेको छ ।
भदौमा भएको ‘जेनजी आन्दोलन’ पछि कांग्रेसको भूमिकामा असन्तुष्ट एक समूहले नयाँ शक्ति केन्द्र सिर्जना गर्ने प्रयत्न थालेको भन्दै ती स्रोतले भने,‘आन्दोलनका पछिल्ला योजनाकारहरू अहिले कांग्रेसलाई प्रमुख बाधक ठान्दै, भित्रैबाट चिरा पार्ने रणनीतिमा लागेका छन्।’ संयोग हो वा नियोजित ? – कांग्रेसकै दुई महामन्त्रीले मंसिरभित्रै विशेष महाधिवेशन गर्नुपर्ने अडान लिएर संस्थापन नेतृत्वविरुद्ध आक्रामक अभियान थालेपछि यस्तो विश्लेषण हुन थालेको कांग्रेसका एक नेताले बताए ।
संस्थापन पक्षले भने आसन्न निर्वाचन र सरकार सञ्चालनका कारण तत्काल महाधिवेशन सम्भव नरहेको स्पष्ट पारेको छ । तर थापा–शर्मा जोडीले ५४ प्रतिशत प्रतिनिधिका हस्ताक्षर संकलन गरी ‘विशेष महाधिवेशन’को माग अघि सारेर पार्टीलाई अस्थिर बनाउने खेल खेलिरहेको विश्लेषण भइरहेको छ ।
कांग्रेसभित्रका वरिष्ठ नेताहरूले उनीहरूलाई “अवसरवादी र महत्वाकांक्षी” भनी टिप्पणी गर्दै, पार्टी संकटको घडीमा एकताको सट्टा विभाजनको बीउ रोप्ने काम गरेको विश्लेषण गरेका छन् ।अमेरिकन युथ काउन्सिल र युरोपेली युनियनसँगको सम्बन्धलाई पनि कतिपयले उनीहरूको ‘बाह्य प्रेरणा’सँग जोडेर हेरेका छन्। स्रोतका अनुसार अमेरिकी युथ काउन्सीलमा आवद्ध नेपाली कांग्रेसका महामन्त्री गगन थापा र युरोपेली युनियनमा आवद्ध अर्का महामन्त्री विश्वप्रकाश शर्मा कांग्रेसलाई कम्जोर बनाउने रणनीतिका साथ अघि बढेका छन् । दुई महामन्त्री थापा र शर्माले क्रियासिल सदस्य नविकरणको काम नै समापन गरेका छैनन् । तर उनीहरु आफ्नो जिम्मेवारीलाई व्यवहारमा चित्रण गर्नुको सट्टा पपुलारिजममा लागेका छन् ।
पार्टीलाई सुधारको बाटोमा लैजाने अभिव्यक्ति दिएका महामन्त्रीले गैरजिम्मेवारी भएर अनावश्यक अभिव्यक्ति दिदैँ जानु पाटीं पंक्तिका लागि मात्र होइन्,देशका लागि नै घातक बन्न जान्छ । जेनजीका युवाहरुले पछिल्लो समय गफलाई भन्दा पनि बढि परिणामलाई प्राथमिकता दिनुपर्ने भन्दै नेता तथा कार्यकर्ताहरुलाई सचेत गराइरहेका छन् ।
यसैबीच डा .शेखर कोइरालाले पार्टीभित्रको संकट समाधानका लागि आफ्ना निकट पदाधिकारीहरूसँग बैठक गर्दै नियमित महाधिवेशनको कार्यतालिका ल्याउने प्रयास थालेका छन्।
शुक्रबार नेता डा.शेखर कोइरालाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका पदाधिकारीसँग छलफल गरेका छन्।
पार्टी भित्र देखिएको गतिरोध अन्त्य गरी नियमित महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा कोइरालाले आफू निकट नेताहरूसँग छलफल गरेका हुन्। आज बिहान नेता कोइरालाकाे आफ्नो सम्पर्क कार्यालय विशालनगरमा उपसभापति धनराज गुरूङ, महामन्त्रीहरू थापा र शर्मा,सह–महामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेको उपस्थिति रहेको थियो । कांग्रेसमा संस्थापन पक्ष निर्वाचनअघि महाधिवेशन गर्न नहुने पक्षमा छ। संस्थापन पक्षले सबै मुद्दालाई व्यवस्थापन गर्दा वैशाखमा महाधिवेशन गर्न उचित हुने अडान राखेको छ भने महामन्त्रीद्वय थापा, शर्मा र इतरपक्षीय नेता कोइराला पक्षले ढिलोमा पुसभित्रै नियमित महाधिवेशन गर्नुपर्ने नभए विशेष महाधिवेशन गर्नुपर्ने अडान लिएका छन् ।




