काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा। सुधा शर्मा गौतमले पदभार ग्रहण गरेकी छन्। शीतल निवासमा शपथ ग्रहण गरेपछि उनले मन्त्रालयमा आएर कार्यभार सम्हालेकी हुन्।
मन्त्री शर्माको पहिलो निर्णय जेनजी आन्दोलनबाट प्रभावित घाइते तथा अन्य सम्बन्धित व्यक्तिहरूका लागि विशेष मनोपरामर्श सेवा स्थापना गर्नु भएको छ। यस निर्णयले मानसिक स्वास्थ्यमा देखिएको असरलाई न्यून गर्न र प्रभावित व्यक्तिहरूलाई आवश्यक सहयोग प्रदान गर्न केन्द्रित रहेको बताइएको छ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा। शर्मालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको रूपमा नियुक्त गरेका थिए।
विश्लेषकहरूले स्वास्थ्य मन्त्रालयको पहिलो निर्णयमा मानसिक स्वास्थ्य सेवामा जोड दिनुलाई सकारात्मक र तुरुन्त असर पार्ने कदमको रूपमा मूल्याङ्कन गरेका छन्।




