राजनीति

संसद पुनर्स्थापनाको पक्षमा जनपरिचालन गर्ने एमालेको घोषणा

काठमाडौं । नेकपा (एमाले) ले संसद् पुनर्स्थापनालाई अपरिहार्य विकल्पका रूपमा प्रस्तुत गर्दै देशव्यापी जनपरिचालन सुरु गर्ने निर्णय गरेको छ।

शुक्रबार सम्पन्न केन्द्रीय कमिटी बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिँदै भने, “सर्वोच्च अदालतमा मुद्दा परिसकेकाले अहिले हाम्रो जिम्मेवारी जनमत निर्माण गर्नु हो। संसद् पुनर्स्थापनाको पक्षमा जनपरिचालनमार्फत लोकतन्त्र र संविधान पक्षधर शक्तिहरूसँग सहकार्य गरिनेछ।”

उनका अनुसार, बैठकले एमाले निर्वाचनबाट कहिल्यै नभाग्ने स्पष्ट सन्देश दिएको छ। “चुनाव नै लोकतान्त्रिक निकास हो,” गौतमले भने, “तर त्यसका लागि सरकारले निष्पक्ष र अनुकूल वातावरण बनाउनुपर्छ।”

एमालेले संसद् विघटनपछि उत्पन्न राजनीतिक संकटको समाधान पुनर्स्थापनाबाटै सम्भव हुने निष्कर्ष निकालेको जनाएको छ। पार्टीले अबको अभियान संसद् पुनर्स्थापनासँगै लोकतान्त्रिक मूल्य र संविधानको संरक्षणमा केन्द्रित हुने जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *