काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार पदबाट राजीनामा दिएका छन्। विश्वासको मत लिने तयारीमा बोलाइएको प्रदेश सभा बैठकमै उनले राजीनामाको घोषणा गरेका हुन्।
प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले भने, “राजनीतिक परिस्थिति र वर्तमान अवस्थालाई ध्यानमा राखी मैले पदबाट राजीनामा दिने निर्णय गरेको छु।” यसअघि विश्वासको मत लिने कार्यसूचीसहित बोलाइएको बैठक सिंहको राजीनामासँगै परिवर्तन गरिएको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए।
सिंहको राजीनामापछि मधेस प्रदेशको सत्ता समीकरण फेरिने संकेत देखिएको छ। नयाँ सरकार गठनका लागि दलहरूबीच छलफल सुरु भएको बताइँदैछ। मुख्यमन्त्री पदमा रहेर सिंहले मधेसको समृद्धि र अधिकारका मुद्दा अघि सारेका थिए। तर हालको राजनीतिक परिस्थिति र समर्थन गुमेपछि उनले पद त्याग्ने निर्णय लिएका हुन्।




