देश

कांग्रेस प्रवक्ताः लोकतन्त्र कमजोर पार्ने प्रयास विफल हुने, पार्टी पुनः सशक्त हुने

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले लोकतन्त्र र देशलाई कमजोर पार्ने प्रयासहरू सफल नहुने स्पष्ट पार्दै पार्टी फेरि सशक्त भएर अघि बढ्ने बताएका छन्।

आज बिहान महाराजगञ्जस्थित निजी निवासमा आयोजित पत्रकार भेटघाटमा बोल्दै महतले कांग्रेसले वर्तमान चुनौतीका बाबजुद आत्मविश्वास गुमाएको नभएको बताए। उनले पार्टी कार्यालय र नेताहरूको घरमा भएको आगजनी तथा तोडफोडका घटना पार्टीको आन्दोलन र अठोटलाई कमजोर बनाउन पर्याप्त नभएको भन्दै आगामी दिनमा पार्टी फेरि जागरूक भएर उठ्ने दाबी गरे।

प्रवक्ता महतले भने, “राजनीतिक दलहरूलाई थिलथिलो पार्ने षड्यन्त्र सफल हुँदैन। कांग्रेस फेरि माथि उठ्नेछ र देशलाई मजबुत बनाउन अग्रसर हुनेछ।” उनले पार्टीका कमजोरी र त्रुटिहरूको समीक्षा गर्दै सुधारका उपायहरू लागू गरिने पनि बताए। उनले थपे कि नेपाललाई विकास, निर्माण र रोजगारीको मार्गमा अघि बढाउने दिशामा कांग्रेसले गम्भीर चिन्तन गर्दै काम गर्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *