राजनीति

यस्तो देशवासीको नाममा गरेको प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित ढंगले सम्पन्न गर्ने सरकारको दृढ प्रतिवद्धता सार्वजनिक गरेकी छन्। सिंहदरबारबाट राष्ट्रका नाममा पहिलो सम्बोधन गर्दै उनले विदेशमा रहेका नेपालीलाई पनि मतदान प्रक्रियामा सहभागी गराउने उपाय खोजिरहेको जानकारी दिइन्।

कार्कीले युवापुस्तालाई उत्साहका साथ निर्वाचनमा सहभागी हुन आग्रह गर्दै योग्य प्रतिनिधि छान्न आह्वान गरिन्। उनले संविधान संशोधन आन्दोलनमार्फत होइन, निर्वाचनमार्फत सम्भव हुने बताउँदै संवैधानिक बाटो रोज्न आग्रह गरिन्।

सम्बोधनमा प्रधानमन्त्रीले जेन जेड आन्दोलनका युवाहरूले उठाएको भ्रष्टाचार नियन्त्रण र सुशासन मुख्य प्राथमिकता भएको स्पष्ट पार्दै, आगजनी र तोडफोडजस्ता हिंसात्मक गतिविधिको भर्त्सना गरिन्। दोषीमाथि कारबाही हुने आश्वासन पनि दिइन्।

उनले विना झन्झट सेवा प्रवाह, भ्रष्टाचार न्यूनीकरण, विधिको शासन र सामाजिक न्याय सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिन्। सेवाग्राहीलाई ढिलासुस्ती, मोलमोलाई, घुसखोरी वा अपमानजनक व्यवहार भएमा उजुरी दिन सकिने व्यवस्था मिलाइएको पनि उनले जानकारी दिइन्।

गत भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनपछि बनेको आन्तरिक सरकारको नेतृत्व गरिरहेकी पूर्व प्रधानन्यायाधीश कार्कीको यो पहिलो औपचारिक सम्बोधन हो।

सम्माननीय-प्रधानमन्त्रीज्यूको-सम्बोधन_compressed

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *