राजनीति

लामो मौनता तोड्दै गुन्डुमा देखिए पूर्वप्रधानमन्त्री ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लामो समयपछि सार्वजनिक भएका छन्। उनी सोमबार भक्तपुरको गुन्डुस्थित नयाँ निवासमा देखिएका हुन्। ओली सार्वजनिक भएपछि भेटघाटका लागि नेता, कार्यकर्ता र शुभेच्छुकहरू गुन्डु पुगेका थिए। भेट्न जानेहरूले फोटो खिचाएर फर्किए पनि ओलीले सो अवसरमा कुनै औपचारिक प्रतिक्रिया भने दिएका छैनन्।

भदौ २३ र २४ गतेको जेनजी विद्रोहपश्चात् प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि ओली सार्वजनिक कार्यक्रममा देखिएका थिएनन्। सो आन्दोलनमा गोली चलेपछि प्रदर्शन व्यापक बनेको थियो, जसले ठूलो जनधन क्षति पुर्‍याएको थियो। त्यसको भोलिपल्ट मात्रै ओलीले सत्ता त्यागेका थिए।

ओलीको राजीनामापछि बनेको अन्तरिम सरकार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सञ्चालन भइरहेको छ। प्रतिनिधिसभा विघटन भइसकेको र नयाँ सरकारले फागुन २१ गते चुनावको मिति तोकेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *