राजनीति

जेनजी आन्दोलनमा हाइज्याक प्रयासको आशंका : घाइतेद्वारा गृहमन्त्रीकाे ध्यानाकर्षण

काठमाडौं । जेनजी आन्दोलनका घाइतेहरूले आन्दोलनलाई राजनीतिक लाभका लागि हाइज्याक गर्ने प्रयास भएको भन्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई ध्यानाकर्षण गराएका छन् । आइतबार सिंहदरबारमा भेटिएका घाइतेहरूले आन्दोलनका शहीद र घाइतेहरूको अपमान हुने खालका गतिविधि सह्य नहुने स्पष्ट चेतावनी दिएका हुन् ।

गत भदौ २३ र २४ गतेको आन्दोलनमा घाइते भएकाहरूले वास्तविक जेनजी पुस्ताको आवाजलाई कमजोर पार्ने, उपलब्धिलाई आफ्नो पक्षमा मोड्ने र आन्दोलनको दिशा बिगार्ने गतिविधि भइरहेको गुनासो गरेका छन् । आन्दोलनसँग सम्बन्धित विभिन्न समूहहरूले हाल सरकारसमक्ष आफ्ना–आफ्नै माग प्रस्तुत गरिरहेका बेला राजनीतिक दलसँग आवद्ध केही युवाले पनि आन्दोलनको लाभ उठाउन खोजेको भन्दै असन्तुष्टि बढेको छ ।

घाइतेहरूको भनाइमा, “जेनजी आन्दोलनबाट भएको बलिदानको सम्मान गर्दै शहीद र घाइतेहरूको पक्षलाई प्राथमिकतामा राख्नुपर्छ, अन्यथा आन्दोलनको मूल भावनामा चोट पुग्छ।” यसरी घाइतेहरूले गृहमन्त्रीलाई सचेत गराएसँगै अब सरकारले आन्दोलनका माग र त्यसलाई हाइज्याक गर्ने प्रयासबीच सन्तुलन कसरी कायम गर्छ भन्ने प्रश्न उठेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *