काठमाडौं । नेपाल नागरिकता ऐन २०६३ संशोधनका लागि संघीय संसदबाट पारित विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले अनुमोदन गरेका छन्।
शीतल निवासका अनुसार संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भई प्रमाणीकरणका लागि प्रस्तुत भएको विधेयकलाई राष्ट्रपति पौडेलले आज औपचारिक सहमति जनाएका हुन्। यससँगै लामो समयदेखि बहसमा रहेको नागरिकता विधेयक कानूनी रूपमा कार्यान्वयन प्रक्रियामा प्रवेश गरेको छ।





