राजनीति

नेपालको पहिलो महिला महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त

काठमाडौं । नेपालले इतिहास रचेको छ। वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्ताको जिम्मेवारी सम्हाल्दै देशको पहिलो महिला महान्यायाधिवक्ता बनेकी छन्।

प्रधानमन्त्री सुशीला कार्कीले भण्डारीको नाम सिफारिस गरी राष्ट्रपति कार्यालयमार्फत नियुक्ति प्रक्रिया सम्पन्न भएको हो। यसअघि महान्यायाधिवक्ता रहेकाअधिवक्ता रमेश बडालको राजीनामा स्वीकृत भएपछि भण्डारीलाई नयाँ जिम्मेवारी दिइएको हो।

कानून व्यवसायमा लामो अनुभव र दृढ छविकी भण्डारीलाई नेपालको कानूनी व्यवस्थामा महिलाको नेतृत्व स्थापना गर्ने ऐतिहासिक कदमका रूपमा हेरिएको छ।

546941538_1328588188901199_6384367904501012627_n

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *