देश

नेतृत्व र जिम्मेवारीबारे प्रश्न : सिंहदरबारमा आगो लगाउने धम्की दिने बालेन सिंहदरबार जलेपछि किन मौन् ?

काठमाडौं । भदौ २३ र २४ को ‘जेनजी’ आन्दोलनका क्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सामाजिक सञ्जालमा मात्रै देखिए, तर वास्तविक घटनास्थलमा उनको उपस्थिति रहित रह्यो। आन्दोलन हिंसात्मक बन्दै सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन र अन्य सरकारी तथा निजी संरचनामा व्यापक क्षति पुग्दा समेत पनि मेयर बालेन मौन रहे। जेनजी आन्दोलनमा नेपाली कांग्रेसका सभापति र उनकी पत्नी आरजु देउवालाई मानवताही व्यवहारमा निर्घात कुटपिट गरियो । उनको घरमा भएको सारा सम्पती मात्र जलाइन् उनको बस्ने घरनै जलाएर ध्वस्त बनाए । प्रहरी प्रशासन कार्यालयहरुमा समेत आगो लगाइ प्रहरीहरुमाथि अमानवीय व्यवहार गरे । आन्दोलनकारीहरुले प्रहरीहरुलाई बागमती नदिमा हालेर लखेट्दै कुटे । तर बालेन रमिते बने ।

मेयर बालेनले विगतमा सडकमा विहान बेलुका छाक टार्नकै लागि तरकारी बेच्ने व्यापारीको ठेला खोस्न सयौँ मात्रमा नगर प्रहरी परिचालन गरेर साना व्यापारीहरुका सामान बरामत गर्न निर्देशन दिन्थे । तर काठमाडौंँ महानगरभित्र नै यस्तो विध्वंशकारी घट्ना घट्दा बालेनले नत नगरप्रहरी परिचालन गरे, न आगो निभाउने दम्कल नै पठाए । महानगरमा बनेका देशको सम्पति र गौरव र इतिहासको रक्षा गर्ने प्रमूख दायित्व मेयर बालेको हो । तथा सम्पूर्ण नेपालीको पनि हो ।

गत भदौ २३ गते उनले फेसबुकमा आफ्नो समर्थन व्यक्त गर्दै उमेर हदबन्दीका कारण सडकमा नजाने बताएका थिए र पुरानो र्‍याप गीत पोस्ट गरे। तर, आन्दोलनको दौरान उनले पहिलो पटक सामाजिक सञ्जालमार्फत सिंहदरबारमा आगो लगाउने धम्की दिएका थिए। त्यो धम्की र वास्तविक विध्वंसबीचको दूरीले राजनीतिक विश्लेषकहरूलाई प्रश्न उठाएको छ – जब देशको महत्वपूर्ण सरकारी संरचना जलेको थियो, बालेनको मौनता किन?

विश्लेषण अनुसार, बालेनको मौनता व्यक्तिगत सुरक्षितता र राजनीतिक गणना दुवैसँग जोडिएको देखिन्छ। आन्दोलनको हिंसात्मक मोडमा उनी प्रत्यक्ष संलग्न नभई सामाजिक सञ्जालमा मात्र प्रतिक्रिया दिँदै बसे। तर संरचना ध्वस्त भएपछि मात्रै उनले “अब थप क्षति नगर्नुहोस्, घर फर्किनुहोस्” भनेर सार्वजनिक अपील गरे। यसले नेतृत्व र जिम्मेवारीबारे ठोस प्रश्न उठाएको छ – के मेयरले हिंसात्मक घटनामा राजनीतिक मार्गदर्शन र नियन्त्रण गर्नुपर्ने अवस्था छाडे?

आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले बालेनको गीत बजाउँदै भौतिक र मानवीय क्षति बढाएका थिए। यदि बालेनले व्यक्तिगत रूपमा आन्दोलनको निर्देशन वा जिम्मेवारी लिएका भए, क्षति कम हुने आंकलन गरिएको थियो । तर मौन रहँदा पनि उनी अप्रत्यक्ष रूपमा आन्दोलनको प्रतीक बने।

अन्तरिम सरकार गठनको समयमा पनि बालेनको भूमिका सीमित देखियो। जेनजीले धेरैले मेयरलाई प्रधानमन्त्रीको रूपमा हेरे पनि बालेन सक्रिय भएनन् र सामाजिक सञ्जालमार्फत मात्र नयाँ प्रधानमन्त्री सुशीला कार्कीको समर्थन जनाए।

विश्लेषकहरूको दृष्टिमा, बालेनको व्यवहारले नेतृत्वमा असमानता र दायित्वविहीनता देखाएको छ। सामाजिक सञ्जालमा सक्रिय र सडकमा अनुपस्थित— दृष्टान्तले सार्वजनिक अपेक्षा र व्यक्तिगत सुरक्षा बीचको द्विविधालाई स्पष्ट पार्दछ।

जेनजी आन्दोलनका क्रममा ७२ जनाले ज्यान गुमाइसकेका छन्। सरकारले मृतक परिवारलाई आर्थिक राहत दिने निर्णय गरे पनि, नेताहरूको मौनता र नेतृत्व विफलताले भविष्यका आन्दोलनमा नागरिक विश्वास र राजनीतिक जिम्मेवारीबारे गम्भीर चिन्ता सिर्जना गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *