देश

जेन जी आन्दोलनमा देशको इतिहास जल्दा मौन रहेका शक्तिहरु अन्तरिम सरकारको नेतृत्वकाबिच कडा रुपमा प्रस्तुत

काठमाडौं । गत भदौ २३ र २४ गते देशभरका युवाहरु जेनजी पुस्ताले देशभर हिंशात्मक आन्दोलन गर्दा मौन बसेका राजनैतिक दलका नेताहरु अन्तरिम सरकारको नेतृत्व छनोटको प्रक्रिया सुरु भएपछि कडा रुपमा प्रस्तुत भएका छन् । विशेषगरी पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डको मान्टर मान्डका आधारमा देशमा एक्कासी यस्तो इतिहासकै कहाली लाग्दो घटना भएको खुलासा बाहिर आएको छ । यो घटनामा हालसम्म ३० जनाले ज्यान गुमाइसकेका छन् ।

अन्तराष्टि संचारमाध्यमहरुले इतिहासका विभिन्न कालखण्डमा मुमेन्टलाई घुमाएर पर्दापछाडी बाट खेल्ने चलाख खेलाडी भएको बताएका छन् । नेपालमा समेत यो विषय चर्चामा छ । प्रचण्डले केही दिन अघि जेन जीको आन्दोलनको समर्थक रहेको भन्दै आन्दोलनलाई निष्कर्षमा पु¥याएर मात्र छोड्न सन्देश दिएका थिए । भदौ २३ गते अगाडीदेखि नै प्रचण्डले भनेका थिए, बालुवाटर र सिंहदरबार घेर्न ठूलो संख्यामा सडकमा जनता उतारिन्छ ,जनता आउँछन्, हेर्नुहोला ।

नभन्दै केही दिनपछि जेन जीको ठूलो मास सडकमा उर्तिएर सिंह दरबार,संसद भवन, तीन तहको अदालत, बालुवाटर मन्त्री निवास ,मन्त्रीका घर,पार्टी कार्यालय ,सार्वजनिक संस्था,सवारी साधन, सुपर मार्केट, प्रहरी प्रशासन,विद्यालय लगायतका भौतिक संरचानामा आगो लगाउदै ,आगजनी गरे । जेन जी समुहमा आफूहरुमात्र नभएको जेनजी समुहका प्रतिनिधिहरुले नै विभिन्न संचारमाधम ,सामाजिक संजालमा भन्दै आएका छन् ,उनीहरुले भनेका छन्– यो जेनजीको आन्दोलनलाई शून्य बनाउन पर्दापछि माओवादी,राप्रपा,रास्वपा ,काठमाडौं महानगरपालिकाका मेयर हर्क साङपाङ र उनका समर्थकहरु, धरान महानगरपालिकाका मेयर हर्क साङपाङ र उनका कार्यकर्ताहरु लगायत अन्य दलका नेता तथा कार्यकर्ताहरु समेत थिए । काठमाडौं महानगरका बालेन जनप्रतिनिधि भएर विगतदेखि नै सिंहदरबार जलाउने भन्दै सरकारलाई धम्की दिन्थे। उनले युवाहरुलाई उक्साएपछि युवाहरुले दिमाख खेलाउन सकेनन्,उनीहरुले बालेनकै ¥याप गित बजाउँदै सिंहदरबार जलाए । अहिले सिंहदरबार जेलपछि हाम्रो सम्पति भन्न थालेका छन् ।

जेन जी समुहका नेतृत्वकर्ताहरुले सहकारी ठगी प्रकरणमा नख्खु जेलमा रहेका पूर्व गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछानेलाई नभगाएको,उनलाई रास्वपाकै नेता तथा कार्यकर्ताहरुले तथा समर्थकहरुले भगाएको र देशभरबाट विभिन्न मुद्धामा थुनामा रहेका केदीबन्दीहरु भागेपछि सोको जिम्मा रवि लामिछाने र रास्वपाले नै लिनुपर्ने बताउदैँ आएका छन् ।

यस्तै रास्वपा , राप्रपा, बालेन र हर्क लगायत समर्थकहरुले जेनजी पुस्ताको आन्दोलनलाई आक्रोसित बनाउन सामाजिक संजालमा विभिन्न पोष्ट समेत गरेका थिए । तर उनीहरुले इतिहासको धरोहर तीन तहका अदालत, सिंहदरबार ,संसद भवन,डाटा सेन्टर विभिन्न पार्टीका कार्यालय र देशका ठूला नेताहरुमाथि निर्घात कुटपिट गर्दा उनीहरुले किन त्यो विरुद्धमा पोष्ट लेखेनन् ? एमाले र कांग्रेसको पार्टी कार्याल धोस्त हुँदा राप्रपा,रास्वपा र माओवादी कार्यालयमा किन आन्दोलनकारी आगो लगाएनन् ? माओवादी कार्यालयमा सामान्य क्षेति भएको देखिएको छ । तर प्रचण्डका कार्यकक्षमा रहेका सामानहरुको सुरक्षा गरेरको दृष्य प्रष्ट देखिन्छ । अर्का कुरा पूर्वप्रधानमन्त्री केपी शर्मा आली र प्रचण्ड लगायत नेताहरुलाई सुरक्षित स्थानमा नेपाली सेनाको हेलिकप्टरबाट स्थान्तरण गरियो तर कांग्रेस सभापति देउवा र उनकी पत्नी परराष्ट्रमन्त्री आरजु देउवालाई उनकै निवासमा छोडिएको थियो । उनीहरुलाई घरमा नै राखेको थाहा पाएपछि देउवा निवासमा प्रवेश गरेको जेनजीको आन्दोलनकारी समुहले मानवीयता नै गुमाएर निर्घात कुटपिट ग¥यो सो विषयमा कांग्रेसले आपत्ति जनाएको छ । उनको घरमा समेत आगो लगाए। लाखौँ पैसा लुटेर लगे । जलेका पेसाहरु तथा विभिन्न महत्वपूर्ण कागजताका टुक्राहरु यतिबेला उनको घरमा छरपष्ट छन् । यसको जिम्मेवारी अब को हुने ? साथै देशमा भएको यत्रो घटनाको जिम्मेवारी को हुने ?

इतिहास नष्ट हुँदा माओवादी, राप्रपा, रास्वपा ,कांग्रेस तथा एमालेका नेता तथा कार्यकर्ताहरु किन रमिता हेरेर बसिरहे ?२४ घण्टामा देशको इतिहास र पहिचान जल्दा र देशका मानवीय र खर्बोको क्षेति हुँदा नेपालको सुरक्षा निकायले किन घटना नियन्त्रण र सुरक्षाको उपया अपनाउन सकेन ? अहिले जेनजीको आन्दोलनका क्रममा देशलाई पुगेको क्षेति र नेपालमा भएको मानवीय तथा भौतिक क्षेति र नेपालको सुरक्षा निकाय र नेपालको नेतृत्वका बारेमा राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा चर्को आलोचना हुन थालेको मात्रै छैन्,अन्तराष्ट्रिय नजर नेपालमा पर्न थालेको छ । यो विषयमा ठूलो प्रश्न चिह्न खडा भएको छ ? विभिन्न पाटीका भातृ तथा विधार्थी संगठन समेत रमिता हेरेरै बसे ।

यसका लागि नेपालले विशेष रुपमा चनाखो हुन आवश्यक छ । यो घटनाले अन्तराष्ट्रिय जगतमा कमाएको गोर्खाली र बहादुरीको पहिचान मात्र गुमाएको छैन्,नेपालको इतिहासमाथि नै कालो दाग लागेको छ । नेपालमा लागेको कालो दाग मेटाउन राष्ट्रिय सहमति र सहकार्य र वार्ताको माध्यमबाट नै निकास निकाल्नुपर्छ । सो विषयमा ढिला गर्न थालेमा भोली विदेशी शक्तिहरुले नेपालमा हमला नगर्लान भन्न सकिदैन् ।

भारतीय संचारमाध्यमहरु समेत नेपालमा भएको सो घटनालाई नियाल नेपाल आएर विभिन्न घटनाहरु भारतलाई खबर गरिरहेका छन् । नेपालको सुरक्षा कमजोर रहेको भन्दै भारतले नेपालमाथि खेल्न खोजेको प्रष्ट देखिन्छ । अब पनि बाह्य देशको दबाब र प्रभावमैँ देशलाई अगाडी बढाउने हो ? के यो तीन करोड नेपाललाई प्रशंसा योग्य छ ?जेन जी आन्दोलनमा २४ घण्टामा ढलेको सरकार र देशमा भएको भौतिक तथा मानवीय क्षेतिप्रति सान्त्वना दिदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको यो घटनालाई नजिकबाट नियालेको बताइसकेका छन् । मोदीले भनेका छन्,–नेपालमा भएको कहाली लाग्दो घटना समयमा नै समाधान गर्नुपर्छ, अन्त्र ठूलो समस्या आउन सक्छ ।

भारतले नेपालसँगको छिमेकी र मित्रताको नाता जोड्दै संयमता अपनाउन र समस्याहरूलाई शान्तिपूर्ण संवादमार्फत समाधान गर्न सबै पक्षलाई आग्रह गरेको छ। यस्तै, काठमाडौँसहित विभिन्न शहरमा कर्फ्यू आदेश जारी भएको जनाउँदै नेपालमा रहेका भारतीय नागरिकलाई सतर्क रहन र स्थानीय प्रशासनले जारी गरेका निर्देशन पालना गर्न समेत सुझाव दिएको छ। यस्तै छिमेकी मुलुक चीनले पनि नेपालमा भएको पछिल्लो घटनाप्रति आपत्ति जनाउँदै समयमा नै वार्ताको माध्यमबाट समाधानको ठोस निकास निकालन आग्रह गरेको छ । यस्तै संयुक्त राष्ट्र संघले पनि सो घटनाप्रति आपत्ति जनाउँदै वार्ताको माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेको छ । राष्ट्रिय मानवअधिकार आयोगले जनताको ज्यु धनको रक्षा गर्नु सरकारको दायित्व रहेको उल्लेख गरेको छ । अन्य छिमेकी राष्ट्रहरु अमेरिका रुस लगायतका देशहरुले समेत नेपालमा भएको पछिल्लो घटनाप्रति आपत्ति जनाइरहेका छन् ।

यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले देश भित्रबाट समस्याको समाधान खोज्न आग्रह गरेका छन् । पूर्वराजा शाहको संवाद सचिवालय मंगलबार विज्ञप्ति जारी गरेर पछिल्लो पुस्ताको आन्दोलन हिंसात्मक, अराजक कसैको घुसपैठ नहोस् भन्दै ज्यान लिनु र सयौँलाई घायल पार्नु अत्यन्त दुखद एवं निन्दनीय कार्य भएको बताए। पछिल्लो पुस्ताको यो आन्दोलन हिंसात्मक नबनोस, अराजक नरहोस र यसमा कसैको धुसपैठ भएको भन्दै सुशासन र आर्थिक अनुशासनका कुरा ध्यानमा राखी देश भित्रवाट समस्याको समाधान निकाल्न आग्रह गरेका छन्।

यता घटनापछि अन्तरिम सरकार गठनको विषयलाई लिएर जंगीअड्डामा उच्चस्तरीय राजनीतिक–सैन्य परामर्श हुने तयारी भएको छ। राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल र सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबीच छलफल गर्न तयारी भइरहेको स्रोतले जनाएको छ।

जेनजी आन्दोलनको प्रस्तावमा कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउनुपर्ने माग उठेपछि सेनापतिको सक्रियतासहित राष्ट्रपति र कार्कीबीच त्रिपक्षीय संवाद गर्न लागिएको हो। स्रोतका अनुसार, छलफलपछि अन्तरिम सरकारको संरचना र नेतृत्वको स्वरूपबारे प्रारम्भिक निर्णय हुन सक्ने अपेक्षा गरिएको छ। यसअघि सेनाले व्यवसायी दुर्गा प्रसाईसँग पनि छलफल गरेको थियो।

काठमाडौं महानगर प्रमुख बालेन शाहको समर्थनमा जेनजीहरू कार्कीको नाम अघि सारिरहेका बेला धरान मेयर हर्क साम्पाङ र उनको समूह भने कार्कीविरुद्ध नाराबाजीमा उत्रिएका थिए। यो छलफलबाट अन्तरिम सरकार गठन प्रक्रियामा नयाँ टुंगो लाग्ने कि आन्तरिक मतभेद अझै बढ्ने भन्ने कुरामा सबैको नजर केन्द्रित छ। नेपाली कांग्रेस,नेकपा एमाले,माओवादी रास्वपा लगायतका दलहरुले अन्तरिम सरकार गठन गर्दा संविधानलाई टेकेर गर्नुपर्ने बताएका छन् । यता माओवादीले भने दोहोरो चरित्र देखाउन थालेको छ । जेनजीले गरेको विध्वशकारी घटनाप्रति थोरै पनि चिन्तित देखिदैनन् प्रचण्ड ,अझ जेनजीलाई स्यावासी दिइरहेका छन् ।

बृहत नागरिक आन्दोलनले जेनजी आन्दोलनपछि देखा परेका गतिविधिहरूलाई संवैधानिक मार्गमै अघि बढाउन आग्रह गरेको छ। आन्दोलनले २०७२ सालको संविधानलाई प्रतिक्रान्तिलाई परास्त गर्ने सबैभन्दा बलियो किल्ला भन्दै त्यसकै आधारमा नयाँ सरकार गठन गर्नुपर्नेमा जोड दिएको छ।

आन्दोलनले जारी विज्ञप्तिमा काठमाडौं महानगर प्रमुख बालेन शाहप्रति पनि प्रश्न उठाउँदै भनेको छ– “यदि उहाँ संविधानभन्दा बाहिरका गतिविधिमा संलग्न हुनु भएको छ भने तुरुन्त आफ्नो कित्ता स्पष्ट पार्नुपर्छ।” त्यस्तै, आन्दोलनले नेपाली सेनाको भूमिका अस्वीकार्य भएको उल्लेख गर्दै सेनाले प्रतिक्रान्तिकारीहरूसँगको सबै अन्तरक्रिया तत्काल बन्द गरी राष्ट्रपतिको अभिभावकत्वमा मात्रै छलफल र कार्यक्रम गर्नुपर्नेमा जोड दिएको छ।

विज्ञप्तिमा भनिएको छ, “जेनजीको बलिदानले न त गणतन्त्र उल्ट्याउने न त धर्मनिरपेक्षता खारेज गर्ने बाटो देखाएको हो। तर अहिले भइरहेको गतिविधि त्यसको उल्टो देखिन्छ। यो प्रतिक्रान्तिलाई परास्त गर्नु तत्कालको चुनौती हो।” आन्दोलनले सम्भावित नागरिक सरकारलाई पनि चेतावनी दिँदै भनिएको छ– “अब बन्ने सरकार संवैधानिक मार्गमै उभिनुपर्छ। भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर सतर्कतासाथ अघि बढ्नुपर्छ। प्रतिक्रान्तिकारीहरूको कुनै पनि स्थान सरकारभित्र हुन दिइने छैन।”

यसरी, बृहत नागरिक आन्दोलनले जेनजी आन्दोलनलाई संवैधानिक बाटोमा राख्दै राष्ट्रपतिको भूमिकामा आधारित राजनीतिक समाधान खोज्नुपर्ने निष्कर्ष प्रस्तुत गरेको छ। यत्ता विवेकहित रुपमा आन्दोलन प्रस्तुत भएको जेनजी समुहका प्रतिनिधिहरुबिच अन्तरिम सरकारको नेतृत्वको विषयमा विवाद बढेको छ । उनीहरुले भदौ २५ गतेबाट नै असनतुष्टि पोख्दै आएका छन् । अहिले उनीहरुबिचराजधानीको भद्रकालीमा जेनजीबिच नै कुटाकुट भएको छ । भद्रकालीमा भेला भएका केही जेनजीबिच बिहीबार दिउँसो आपसी विवाद हुँदा कुटाकुट भएको हो ।

सार्वजनिक भिडियोमा सुरुमा विवाद भएको देखिन्छ भने त्यसपछि एक जेनजीमाथि निर्घात कुटपिट भएको देखिन्छ । जेनजी आन्दोलन सफल भएपछि नयाँ सरकारको नेतृत्व कसले लिने भन्ने सवालमा जेनजीहरुबीच विवाद रहँदै आएको छ । धेरै समूहमा रहेका जेनजीहरु एकअर्काले नयाँ नयाँ नाम ल्याइरहेका छन् । सोही नामका समयमा आन्तरिक विवाद बढ्दा कुटाकुटकै अवस्था आएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *