काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाई सहयोग संगठन (एससीओ) प्लस शिखर सम्मेलनलाई सम्बोधन गरेका छन्। सम्मेलनमा भाग लिन उनी गत शनिबार चीन पुगेका थिए।
आइतबार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले क्षेत्रीय सहकार्य र आपसी साझेदारीको महत्वबारे विचार राखेका छन्। यस क्रममा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न मुलुकका समकक्षी तथा उच्च पदस्थ नेतासँग भेटवार्ता पनि गरेका छन्।




