राजनीति

लिम्पियाधुरा र लिपुलेकको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सरकारसँग राप्रपाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपालको सीमा विवादसँग सम्बन्धित लिम्पियाधुरा र लिपुलेकको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सरकारसँग माग गरेको छ। शुक्रबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भारत र चीनबीच नेपालको भूमि समेटेर गरिएको व्यापार सम्झौता अस्वीकार्य भएको बताए।

उनले नेपालजस्तो सदस्य राष्ट्रलाई बेवास्ता गर्दै तेस्रो देशबीच भएको यस्तो सम्झौतामाथि गम्भीर आपत्ति जनाउँदै यस विषयलाई संयुक्त राष्ट्रसंघमा उठाउन सरकारलाई आग्रह गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *