काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको स्थापनाका लागि आदिवासी, जनजातिहरूको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आदिवासी जनजातिले पार्टी र देशका लागि कठोर संघर्ष गरेको बताए । उनले प्रजातन्त्र स्थापनाको मार्गमा आफ्नो घर परिवारको प्रवाह नगरी आदिवासी, जनजातिहरूले काम गरेको बताए । आदिवासी, जनजातिकै त्याग र बलिदानका आधारमा नेपाल लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्न सफल भएको बताए ।
उनले भने ‘आदिवासी जनजातिले पार्टी र देशका लागि कठोर संघर्ष गर्नुभएको छ । प्रजातन्त्र स्थापनाको मार्गमा आफ्नो घर परिवारको प्रवाह नगरी अघि बढ्नुभयो । धैर्यतामा जीवन नै बलिदान गर्नुभयो । यी सम्पूर्ण प्रजातन्त्र सेनानीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । उहाँहरूको त्याग, तपस्या र बलिदानकै आधारमा आज नेपाल लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्न सफल भएको छ ।’
सभापति देउवाले आदिवासी, जनजाति लगायत नेताहरुले देखाएको लोकतान्त्रिक समावेशी मार्गमा काँग्रेस अग्रसर रहेको बताए ।




