राजनीति

उपत्यकाबाहिर नजान सांसदलाई एमालेको निर्देशन

काठमाडौं । नेकपा एमालेले आफ्ना सांसदहरूलाई तत्काल उपत्यका नछाड्न निर्देशन दिएको छ।

मंगलबार मोबाइलमा पठाइएको एसएमएसमार्फत सांसदहरूलाई बाहिरी जिल्लाका कार्यक्रमहरू स्थगित गरी काठमाडौँमै रहन भनिएको हो। उपत्यका बाहिर रहेका सांसदलाई फर्कन आग्रह गरिएको छ भने उपत्यकामा भएका सांसदलाई अन्यत्र नजान भनिएको सांसदहरूले जानकारी दिएका छन्।

उपसभामुख इन्दिरा रानालाई पदमुक्त गर्ने तयारी स्वरूप एमाले र कांग्रेस मिलेर हस्ताक्षर संकलनमा जुटिरहेका छन्। तर, कांग्रेसभित्रैको असन्तुष्ट समूह यसमा सहभागी नभएको र केहीले असहमति जनाइरहेको बताइएको छ।
यसैबीच, विपक्षी दलहरूले भने यो प्रक्रियाको विरोध गर्ने तयारी गरिरहेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *