काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही नयाँ राजनीतिक दलहरूलाई ‘भवितव्यले खुलेका पार्टी’को संज्ञा दिँदै, ती दलहरूले मुलुकमा अराजकता फैलाउने प्रवृत्ति अपनाएको बताए । यद्यपि, उहाँले (रास्वपा) को नाम खुलाएर उल्लेख नगरे पनि आलोचना सोही पार्टीतर्फ लक्षित रहेको संकेत देखियो उनले भने ।
प्रम ओलीले केही दलहरूले आफूलाई नयाँको नाममा प्रस्तुत गर्दै जनतालाई भ्रममा पारिरहेको उल्लेख गर्दै नागरिकलाई यस्तो प्रचारबाट सचेत रहन आग्रह गरे । “देशको शान्ति सुव्यवस्था खल्बल्याउने, प्रतिगमनतिर धकेल्ने तत्वहरू सक्रिय छन्, उनले भने ।
प्रधानमन्त्री ओलीले राप्रपाको पनि अप्रत्यक्ष आलोचना गर्दै, राजतन्त्र फर्काउने अभियान मुलुकलाई विगतका अँध्यारा दिनतर्फ फर्काउने प्रयास भएको दाबी गरे। उनले ०५८ सालको दरबार हत्याकाण्ड, निर्वाचित प्रधानमन्त्रीको पदच्युत, नेताहरूको गिरफ्तारीजस्ता घटनाको स्मरण गर्दै त्यस्ता गतिविधि लोकतन्त्रको विरोधी भएको टिप्पणी गरे ।
“नेपाली नागरिकलाई सुखी बनाउन र देशलाई समृद्ध बनाउन अब ढिला भइसकेको छ,” भन्दै उनले नयाँ संकल्प, नयाँ तरिका र नयाँ दृष्टिकोणका साथ अघि बढ्नुपर्नेमा जोड दिए। साथै, कानून र संवादबाट समाधान हुन सक्ने विषयमा बल प्रयोग गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने चेतावनी पनि दिए।




