राजनीति

एमालेको समर्थनमा बानियाँको सरकार, विश्वासको मत पक्का

काठमाडौं । बागमती प्रदेशको सत्ता साझेदार दल नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिने घोषणा गरेका छन्। मंगलबार बसेको प्रदेशसभा बैठकमा उनले एमाले सांसदहरूलाई बानियाँको पक्षमा मतदान गर्न आग्रह गरे।

थपलियाले वर्तमान सरकार जनताको अपेक्षा र चाहनाअनुसार काम गर्ने विश्वास व्यक्त गर्दै, भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र विकास निर्माणको गति तीव्र बनाउन प्रतिबद्ध रहेको बताए। उनका अनुसार संविधानको रक्षा र राजनीतिक स्थिरता कायम गर्न सहमतिका आधारमा प्रदेश सरकार गठन गरिएको हो।

उनले बाढी–पहिरो जस्ता विपद्‌का परिस्थितिमा पनि सरकारको सक्रिय उपस्थिति देखिएको दाबी गर्दै, पुनर्निर्माण तथा राहतमा सरकारले प्रतिबद्धता देखाएको उल्लेख गरे। साथै, प्रदेश प्रशासनिक केन्द्रका लागि जग्गा प्राप्ति अन्तिम चरणमा पुगेको, भाषा ऐन कार्यान्वयन अघि बढेको र दोस्रो आवधिक योजना तथा प्रदेश आयोजना बैंक व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याइएको समेत जानकारी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *