देश

अहिलेको परिवर्तनमा स्व बगालेको महत्त्वपूर्ण योगदान छः सभापति देउवा

चितवन। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको परिवर्तन प्राप्तिमा स्व चन्द्रकान्त बगालेको महत्त्वपूर्ण योगदान रहेको बताएका छन्। आज बगालेको निवास भरतपुर महानगरपालिक-४ त्रिचोकमा आयोजित श्रद्धाञ्जली सभामा उनले हरेक आन्दोलनमा उनले निर्वाह गरेको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे ।

कांग्रेसले पार्टीमा योगदान दिने र त्याग गर्नेहरूलाई सधैँ सम्मान गर्ने सभापति देउवाले बताए । अग्रजहरूको सपना पूरा गर्नका लागि पार्टी नेतृत्व सधैँ तयार रहेको भन्दै उनले पार्टीले पुराना नेताको सम्मान गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।

विसं १९८६ पुस १५ गते लमजुङको साविक सूर्यपाल गाउँविकास समिति नं ८ मा जन्मिएका बगालेको विसं २०८२ साउन १० गते ९७ वर्षको उमेरमा निधन भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *