राजनीति

गठबन्धन सरकारलाई सक्रिय, सुशासनमुखी र पार्दर्शी बनाउन डा. शेखर कोइरालाको जोड

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान गठबन्धन सरकारलाई २०८४ सालसम्म टिकाउने र त्यसलाई परिणाममुखी र सुशासनयुक्त बनाउने आफ्नो राजनीतिक दृष्टिकोण स्पष्ट पारेका छन्। उनले अब सत्ता जोगाउने होइन, जनताले अनुभूति गर्ने परिणाम देखाउने समय हो भन्दै सरकारको कार्यशैलीमा सुधारको आवश्यकता औँल्याए ।

बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै कोइरालाले वर्तमान सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको स्वीकार गर्दै वैकल्पिक सरकार बन्ने परिस्थिति नरहेको बताए। हामी चाहन्छौं यो सरकार ०८४ सम्म चलोस्, उनले भने, तर चल्ने तरिकामा जनताको अपेक्षा अनुरूप सुधार चाहिन्छ।’

कोइरालाले भ्रष्टाचार नियन्त्रण, नीति पारदर्शिता र नैतिक नेतृत्वको खाँचो रहेको बताए। “राजनीति गर्ने व्यक्तिमा नैतिकता नभए राजनीति नै धरापमा पर्छ,” भन्ने उनको धारणा छ। उनले लिचीबारी प्रकरणदेखि सरकारी कार्यशैलीसम्मका विषयमा निरन्तर आवाज उठाउँदै आइरहेका छन्। उनले राजनैतिक एजेण्डाका विषयमा सत्ता तथा प्रतिपक्ष दलका नेताहरुसँग भेट्नु स्वभाविक भएको समेत स्पष्ट पारेका छन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटबारे उठेका प्रश्नमा कोइरालाले भेटघाटलाई सामान्य राजनीतिक संवाद भनेका छन्। तर, उनले पूर्वराष्ट्रपतिहरू राजनीतिमा फर्कनु उपयुक्त नहुने स्पष्ट धारणा दिएका छन्। संविधानले यसबारे केही नबोलेको भए पनि, भविष्यमा यस्ता विषय स्पष्ट गर्न संविधान संशोधन आवश्यक रहेको उनले जिकिर गरे।

यस्तै डा. कोइरालाले संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रपति कार्यालयबाट फिर्ता भएको विषयमा गम्भीर चिन्ता व्यक्त गरे। उनले उक्त विधेयक पास नहुनु लोकतन्त्रका लागि खतरनाक संकेत भएको बताए। निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियड अनिवार्य गर्नुपर्ने र यसमा शीर्ष नेताहरूको चलखेल भएको बताए ।

संसदीय दलको नेताको विषयमा सोधिएको प्रश्नमा कोइरालाले कांग्रेसभित्र हाल कुनै नेतृत्व परिवर्तनको सम्भावना नरहेको प्रस्ट पारे। उनले पार्टीको महाधिवेशन समयमै हुनेमा विश्वास व्यक्त गर्दै आन्तरिक एकता र संगठन सुदृढीकरणमा ध्यान केन्द्रित गर्नुपर्ने बताए। डा. कोइराला आगामी १५ औँ महाधिवेशनमा सभापतिको उम्मेदावार रहेका छन् । उनले कांग्रेसको महाधिवेशन निर्धारित समयमा नै गर्नुपर्ने भन्दै सभापति देउवालाई बारम्बार झकझकक्याइरहेका छन् । सभापति देउवा भने परिस्थिति हेरेर

डा. शेखर कोइरालाले वर्तमान राजनीतिक रणनीति गठबन्धनको दीर्घकालीन स्थायित्वसँगै जनअपेक्षाअनुरूपको सेवा प्रवाहमा केन्द्रित रहन सरकारको ध्यानाकर्षण गराएका छन् । उनी सत्ता परिवर्तनको पक्षमा होइनन्, तर सरकार जनउत्तरदायी नबने त्यसको परिणाम कांग्रेसलाई पनि पर्ने चेतावनीसहित सुधारको माग गर्दै आएका छन्। उनको अभिव्यक्तिले कांग्रेसभित्रको वैचारिक स्पष्टता र सांगठनिक सुधारका लागि सहयोग पुग्ने अपेक्षा लिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *