देश

बागमती प्रदेशका तीन मन्त्रीको शपथ रोकियो

काठमाडौं। बागमती प्रदेश सरकारले मन्त्री नियुक्त गरे पनि उनीहरूको शपथग्रहण कार्यक्रम रोकिएको छ।

बुधबार बिहान मुख्यमन्त्री बहादुरसिंह लामाले धादिङका गोविन्द लम्साल, चितवनकी माया श्रेष्ठ र गीता गुरूङलाई क्रमशः आन्तरिक मामिला तथा कानुन, युवा तथा खेलकुद, र सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिँदै मन्त्रीमा नियुक्त गरेका थिए।

शपथग्रहण कार्यक्रम आज बिहान ९ बजे प्रदेश प्रमुखको कार्यालयमा तय गरिएको थियो। तर नेकपा एमालेको आपत्तिका कारण कार्यक्रम स्थगित गरिएको हो।

एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री लामालाई संवेदनशील राजनीतिक अवस्थामा सरकार विस्तार नगर्न अनुरोध गरेपछि मुख्यमन्त्रीले शपथ प्रक्रिया अघि नबढाउने निर्णय गरेका हुन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *