देश

बागमतीमा कांग्रेस संसदीय दलको नयाँ नेता चयन गर्न निर्वाचन समिति गठन

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नयाँ नेता चयन गर्नका लागि निर्वाचन समिति गठन गरिएको छ।

कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा मंगलबार बसेको प्रदेश कार्यसम्पादन समितिको बैठकले निर्वाचन समिति गठन गर्ने निर्णय गरेको हो।

निर्माण भएको समितिमा कांग्रेस प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठ संयोजक रहनेछन्, भने सहमहामन्त्रीद्वय ऋषिराम घिमिरे र जीवन डंगोल सदस्य रहनेछन्। निर्वाचन समितिले संसदीय दलको नेता चयन गर्न आवश्यक प्रक्रिया अघि बढाउने छ।

मंगलबार मुख्यमन्त्रीसमेत रहेका कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा भएको मतविभाजनमा उनी अल्पमतमा परेपछि दलको नेताको पद गुमाएका थिए। मतविभाजनका क्रममा लामाको पक्षमा १५ र विपक्षमा २२ मत परेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *