राजनीति

वीपीको सम्झनामा सुन्दरीजलमा माल्यार्पण, पुत्र शशांक र तरुण अध्यक्ष गुरुङसहितका नेताहरुको सहभागिता

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको ४३औँ स्मृति दिवसको अवसरमा मंगलबार काठमाडौंको सुन्दरीजलस्थित वीपी संग्राहलयमा विशेष कार्यक्रम आयोजना गरिएको छ।

कार्यक्रममा वीपीका सुपुत्र तथा कांग्रेस नेता डा. शशांक कोइराला प्रमुख अतिथिका रूपमा सहभागी भए भने नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले वीपीको शालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरे।

वीपीको विचार आज पनि सान्दर्भिक
अध्यक्ष गुरुङले वीपी कोइरालाले नेपाली राजनीतिमा पुर्‍याएको योगदान र मेलमिलापको नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए। उनले भने, वीपीले युवाहरूसँग गरेको अपेक्षा अझै हामीले बिर्सनु हुँदैन। तरुण दल त्यस विचारप्रति प्रतिबद्ध छ।

कार्यक्रममा तरुण दलका केन्द्रीय सदस्य पवन यादव, सरिन घिमिरे, दीपेन्द्र पोखरेलसहित विभिन्न जिल्लाबाट आएका युवा नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा ऊर्जा, सिंचाइ तथा जलस्रोत मन्त्री दीपक खड्का, कांग्रेस नेता दिलेन्द्र बडू, उर्मिला थपलिया, किरणकिशोर घिमिरे, दीपक भट्टराई लगायतका नेताहरूले पनि वीपीप्रतिको श्रद्धाञ्जली अर्पण गरेका थिए।

स्मृति दिवसको अवसरमा आयोजित यो कार्यक्रम वीपीको राजनीतिक विचार, संघर्ष र लोकतन्त्रप्रतिको समर्पणलाई सम्झन र नयाँ पुस्तालाई त्यो प्रेरणासँग जोड्न आयोजित गरिएको आयोजकले बताए।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *