राजनीति

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, सरकारी निर्णयमा के आउला?

काठमाडौं  । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ मन्त्रिपरिषद् बैठक बसिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भइसकेको हो।

बैठकमा सरकारका तर्फबाट भएका पछिल्ला कामकारबाहीबारे समीक्षा हुने र केही महत्वपूर्ण निर्णयहरू लिइने अपेक्षा गरिएको छ। यद्यपि, कुन-कुन विषयमा छलफल हुनेछ भन्ने औपचारिक जानकारी भने दिइएको छैन।

सरकारको नीति तथा कार्यक्रमसँग जोडिएका मुद्दा, प्रशासनिक फेरबदल, वा समसामयिक राजनीतिक अवस्थाबारे बैठकमा चर्चा हुनसक्ने अनुमान गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *