राजनीति

पुराना अनुहारको नयाँ मिलन : बामदेवको ‘फेरि एकता’ यात्रा

काठमाडौं । पटक–पटक पार्टी बदल्ने, गठन गर्ने र फेरि मिल्ने बानी पुरानै हो, तर बामदेव गौतम फेरि पनि नयाँ राजनीतिक प्रयोगमा उत्रिएका छन्। अबको यात्रामा उनी नेकपा (एकीकृत समाजवादी) सँग हातेमालो गर्दैछन्। साउन २ गते राष्ट्रिय सभागृहमा कार्यक्रम गरी ‘एकता’ घोषणा गरिँदैछ – जसमा बामदेवको नेकपा एकता राष्ट्रिय अभियान र माधव नेपालको नेकपा (एकीकृत समाजवादी) मिल्नेछन्। सहमतिपत्रमा दुवै नेताले हस्ताक्षर गरिसकेका छन्।

तर, प्रश्न उब्जिएको छ – के यो एकता सिद्धान्तमा आधारित हो, कि अवसरमा ? जनताले पटक–पटक हेरेका यस्ता मिलन–विछोडका नाटक अब झनै पाच्य नहुन सक्छन्। कहिले माओवादीसँग, कहिले एमालेसँग, कहिले आफ्नै अभियान , अब बामदेव गौतम नेकपा ९एकीकृत समाजवादी० सँग मिसिँदैछन्। तर यो मिसावटले जनतामाझ के सन्देश दिन्छ ?

साउन २ गते राष्ट्रिय सभागृहमा हुने कार्यक्रममार्फत् बामदेव नेतृत्वको एकता राष्ट्रिय अभियान र माधव नेपालको पार्टीबीच एकता घोषणा हुँदैछ। दस्तावेजमा दुबै नेताले हस्ताक्षर गरिसकेका छन्। राजनीतिक स्थायित्व भन्दा व्यक्तिगत अस्तित्व सुरक्षित गर्ने मनसायले गरिएको यो कदम हो भन्ने टिप्पणीहरू सतहमा छन्। विचारधारामा नभइ केवल संगठनमा हेरफेर गर्ने यस्ता चलनले नेपाली बामपन्थी राजनीतिमा गम्भीर प्रश्न उठ्न थालेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *