काठमाडौं । नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले रसुवागढी बाढी प्रभावितहरूको राहत र पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले आफ्नो तीन महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन्।
प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा बोल्दै सांसद तामाङले बाढीबाट भएको जनधनको क्षति र भौतिक विनाशप्रति गहिरो चिन्ता व्यक्त गरे। उनले कोषमा रकम जम्मा गर्न प्रधानमन्त्री कार्यालयलाई औपचारिक पत्र समेत पठाइसकेको जानकारी दिए।
तामाङको यो कदमले प्राकृतिक प्रकोपका बेला जनप्रतिनिधिहरूले देखाउनुपर्ने सामाजिक उत्तरदायित्वको सकारात्मक उदाहरण प्रस्तुत गरेको छ। बाढीबाट प्रभावित क्षेत्रको पुनः निर्माण र तत्कालीन राहत कार्यमा यो योगदान प्रत्यक्ष उपयोगी हुने अपेक्षा गरिएको छ।




