अर्थ

प्रतिनिधिसभामा बजेट सम्बन्धी प्रश्नको जवाफ दिन १९ मन्त्री तयारीमा

काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभामा आज १९ जना मन्त्रीले सांसदहरूले उठाएका मन्त्रालयगत बजेट तथा योजनासम्बन्धी प्रश्नको जवाफ दिने कार्यसूची तय गरिएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयक २०८२ अन्तर्गत सांसदहरूले विभिन्न मन्त्रालयप्रति उठाएका जिज्ञासामा मन्त्रीहरूले स्पष्टिकरण दिनेछन्। संसदका महासचिव पद्मप्रसाद पाण्डेका अनुसार, आजको बैठक बजेट छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिने उद्देश्यले केन्द्रित हुनेछ।

जवाफ दिने मन्त्रीहरूमा वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ, रक्षा, कृषि तथा पशुपन्छी विकास, स्वास्थ्य तथा जनसंख्या, कानुन, न्याय तथा संसदीय मामिला, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद, भौतिक पूर्वाधार तथा यातायात, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, खानेपानी, शिक्षा विज्ञान तथा प्रविधि, परराष्ट्र, श्रम रोजगार तथा सामाजिक सुरक्षा, गृह र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रमुखहरू समावेश छन्।

सांसदहरूले मन्त्रालयगत बजेट, कार्यदिशा, प्राथमिकता तथा खर्चको औचित्यबारे उठाएका प्रश्नहरूको आज प्रतिनिधिसभामा औपचारिक जवाफ अपेक्षित गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *