काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्दैछ।
प्रधानमन्त्रीका स्वकीय सहसचिव रोश्नी मेचेका अनुसार बैठकमा देशमा सुशासन कायम गर्न भएका प्रयास र आगामी सुधार उपायबारे छलफल हुने छ।
गत वैशाख ८ गतेको मन्त्रिपरिषद् बैठकले आयोग गठन गर्ने निर्णय गरेको थियो। आयोगमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया सदस्य रहेका छन्।




