देश

प्रतिनिधि सभाको बैठक अझै शुरु हुन सकेन, विपक्षीको निर्णय कुर्दै सभामुख

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आजपनि सुचारु हुन सकेको छैन । अपराहन्न १ बजेका लागि तोकिएको बैठक विपक्षी दलहरुको बैठकका कारण अहिलेसम्म संचालन हुन सकेको छैन ।

सभामुखको सचिवालयले सभामुख देवराज घिमिरे विपक्षी दलको बैठकको निर्णय कुरेर बसेको जानकारी दिएको छ ।

माओवादी प्रमुख सचेतक हितराज पाण्डेले आफूहरूको बैठक सकिएपछि निर्णय लिएर आउने सभामुखलाई जानकारी दिएपछि सभामुखसहित सत्ता पक्ष विपक्षी दलको निर्णय कुरेर बसेको छ ।

आजको विपक्षी दलहरुको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दल नेपाली कांग्रेससँग भएको छलफलको ब्रिफिङ गर्ने र सोहि अनुसार विपक्षी दलहरुको धारणा बनाउने बुझिएको छ । प्रचण्डले शुक्रबार र शनिबार कांग्रेस नेताहरुसँग छलफल गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *