देश

प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथि सामान्य छलफल हुने

काठमाडौँ । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ।

आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ। सो प्रस्तावमाथि छलफल हुने पनि कार्यसूचीमा उल्लेख छ।

त्यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यक्रम रहेको छ।

यद्यपि प्रमुख प्रतिपक्षी दलसहित अन्य दलको अवरोधका कारण पछिल्ला बैठकहरू नियमित कार्यसूचीमा प्रवेश गर्न सकेका छैनन्। ‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् अवरुद्ध गर्दै आएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *