काठमाडौं । नेपाली कांग्रेस निकट कर्मचारी युनियनका पदाधिकारीहरु पार्टी सभापति शेरबहादुर देउवा निवास पुगेका छन् । निजामती विधेयकमा सुधार र संशोधनको माग राख्दै उनीहरु देउवा निवास बुढानिलकण्ठ पुगेका हुन् ।
विधेयकका केही प्रावधानमा असहमति जनाउँदै आएको यु्नियनले आफ्नो सुझाव सभापति देउवालाई बुझाएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा संघीय निजामती सेवा विधेयक पेश गर्ने कार्यसूची छ । युनियनले विधेयकमा सुधार गर्नुपर्ने विभिन्न मागबारे पार्टी नेतृत्वको ध्यानाकर्षण गराएको हो । युनियनका नेताहरुसँग सभापति देउवाले निजामती कर्मचारीले उठाएका सरोकारका विषयमा राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडालाई बोलाएर आफूले निर्देशन दिने बताएका थिए ।




